जनकनन्दिनी गाउँपालिकाका नयाँ अधिकृत झाले ठोके सरकारी गाडी !
नकनन्दिनी गाउँपालिकाको प्रदेश २–००१ झ ००८६ नम्बरको चारपाँग्रे गाडी पर्खालमा ठोक्किएपछि गाडीको अगाडीको भाग क्षतिग्रस्त बनेको हो । पालिकाको प्रमुख नै सरकारी सम्पतिलाई लापरवाह रुपमा तोडफोड गरेपछि उनको चौतर्फी आलोचना भएको छ । सवारी चालक सिक्नको लागि जनकपुरमै कैयौँ ट्रयाल सेन्टर भएपनि अधिकृत झाले अनधिकृत रुपमा सरकारी सवारी प्रयोग गर्दा दुर्घटना भई सार्वजनिक सम्पति टुटफुट भएको बताए ।

२०८० पुस १७ मंगलबार, दिउँसो १२:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाले पालिकाको सरकारी गाडी ठोकेका छन् ।
गत बुधबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ शान्तीनगर विद्यापति चोकस्थित पालिकाको सरकारी गाडीलाई ठक्कर दिएको हो । बुधबारको दिन सवारी लिएर सिक्दै गर्दा अधिकृत झाले सवारी अनियन्त्रित भई सवारी पर्खालमा ठोक्किएको जनाईएको छ ।
पालिकाकै सरकारी गाडी लिएर ड्राईभिँग सिकिरहेको बेला उनले चोकमै गाडी ठोकिदिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । सार्वजनिक विदा दिन समेत सवारी लिएर सिक्ने गर्ने गरेका अधिकृत झाले सरकारी गाडीलाई तोडफोड गरेका हुन् ।
जनकनन्दिनी गाउँपालिकाको प्रदेश २–००१ झ ००८६ नम्बरको चारपाँग्रे गाडी पर्खालमा ठोक्किएपछि गाडीको अगाडीको भाग क्षतिग्रस्त बनेको हो । पालिकाको प्रमुख नै सरकारी सम्पतिलाई लापरवाह रुपमा तोडफोड गरेपछि उनको चौतर्फी आलोचना भएको छ ।
सवारी चालक सिक्नको लागि जनकपुरमै कैयौँ ट्रयाल सेन्टर भएपनि अधिकृत झाले अनधिकृत रुपमा सरकारी सवारी प्रयोग गर्दा दुर्घटना भई सार्वजनिक सम्पति टुटफुट भएको बताए ।
यस सन्दर्भमा गाउँपालिका अधिकृत झासँग सम्पर्क गर्दा उनले कृतिम व्यस्तता जनाए । उनले अहिले कुरा गर्न सकिने भन्दै पन्छिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…