अञ्चल अस्पतालबाट प्राईभेट क्लीनिकमा विरामी लैजाने दलाल पक्राउ
आजभोलि जनकपुरमा निजि अस्पताल र सानो क्लिनिक किराना पसल झै खुलेको छ।ती निजि अस्पताल र क्लिनिकका चिकित्सक र औषधि व्यवसायीहरु जनकपुरमा विरामीहरुलाई आफुतिर तान्न अनेक किसिमका दलालहरुलाई पालेर खटाइएको छ।

२०८० पुस १५ आइतबार, बिहान ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पताल (अँचल अस्पताल) बाट विरामीलाई डायभर्ट गरी नीजि अस्पतालमा लैजाने दलाल पक्राउ परेका छन् ।
जनकपुरमा शनिबार निजि अस्पतालका चिकित्सकहरुको दलाल पक्राउ परेका छन।
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आएकी विरामीका कुरुवालाई फकाएर निजि अस्पतालमा विरामीलाई उपचार गराउन सल्लाह दिने कर्ममा ती दलाल पक्राउ परेका हो।
शनिबार बिहानको समयमा मधेश प्रदेशका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह अनुगमनमैं रहेको बेला निजी अस्पतालका लागि विरामीलाइ लग्न खटीएका दलाललाई प्रादेशिक अस्पतालबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यलय धनुषालाइ बुझाईएको छ।
आजभोलि जनकपुरमा निजि अस्पताल र सानो क्लिनिक किराना पसल झै खुलेको छ।ती निजि अस्पताल र क्लिनिकका चिकित्सक र औषधि व्यवसायीहरु जनकपुरमा विरामीहरुलाई आफुतिर तान्न अनेक किसिमका दलालहरुलाई पालेर खटाइएको छ।
त्यसले कमिसनको चक्करमा विरामीलाई जस्तोसुकै उपचार गरि रुपैयाँ लुटने काम दिनहुँ भैरहेको हुँदा पनि सम्बन्धित निकायहरु मौन देखिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…