सिरहामा भेटायो पराल हालेर जलाएको युवकको लास
सिरहाका प्रहरी उपरीक्षक टेकुइवा लिम्बुका अनुसार आज शुक्रबार बिहान ११ बजेतिर स्थानीयबासिन्दाले अर्धकल्चो जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पराल झारपातले शव जलाउन खेजिएको जस्तो देखिएको एसपी लिम्बुले बताए ।

२०८० पुस १३ शुक्रबार, बेलुकी ६:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा पराल हालेर जलाएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ स्थित गागन खोला जलाएको अधकल्चे अवस्थामा अन्दाजी २५र२६ वर्षीय युवकको शव फेला परेको हो ।
सिरहाका प्रहरी उपरीक्षक टेकुइवा लिम्बुका अनुसार आज शुक्रबार बिहान ११ बजेतिर स्थानीयबासिन्दाले अर्धकल्चो जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पराल झारपातले शव जलाउन खेजिएको जस्तो देखिएको एसपी लिम्बुले बताए ।
मृतकको पहिचान खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ ।
घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारहतार जलाउने खोजेको जस्तो देखिएको प्रहरीको भनाइ छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी लिम्बुले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…