LIC नेपालको प्रादेशिक कार्यालयको मुल गेटमै बेल्डिँग गरी तालाबन्दी
गर्दै तालाबन्दी गरेको हो । यसको लागि पाण्डेले मधेश प्रदेशको गृह तथा कानुन मन्त्रालयबाट समेत एसपी र सिडिओको नाममा पत्राचार गर्दै प्रमुखमाथि आवश्यक छानबिन गरी कारवाही गर्न निर्देशन दिएपनि प्रशासनले कारवाही नगरेको भन्दै उनले ग्रीलमै वेल्डिँग गरिदिएका छन् ।

२०८० पुस १२ बिहीबार, राति ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधामस्थित रहेको LIC नेपालको मुख्य द्धारमै वेल्डिँग गरी तालाबन्दी गरिएको छ ।
एजेन्टहरुलाई ठगेको, रकम हिनामिना गरेको आरोपसहित जनकपुरको कदमचोकस्थित रहेको प्रादेशिक कार्यालयमा तालाबन्दी गरेको हो । ३७ दिन अगाडी लगाईएको ताला शाखा प्रमुखले फुटाएपछि यसपाली एजेन्टहरुले ग्रीलमै वेल्डिँग गरिदिएका छन् ।
विहिबार सँचारकर्मीहरु बोलाएर एलआईसी नेपालका एजेन्ट सत्येन्द्र पाण्डेले एलआईसी नेपालको मुख्य द्धारमा लगाईएको ग्रीललाई जोडेर वेल्डिँग गराईदिएका हुन् ।
बिमा अभिकर्ता, ग्राहक, सेवाग्राहीलाई ठगी गरेको आरोप लगाउँदै पाण्डेले ऋण नै नलिएको बिमितको नाममा ऋण निकालेर रकम झ्वाम्म पारेको आरोप लगाउँदै पाण्डेले प्रमुखलाई कारवाहीको माग गर्दै तालाबन्दी गरेको हो ।
यसको लागि पाण्डेले मधेश प्रदेशको गृह तथा कानुन मन्त्रालयबाट समेत एसपी र सिडिओको नाममा पत्राचार गर्दै प्रमुखमाथि आवश्यक छानबिन गरी कारवाही गर्न निर्देशन दिएपनि प्रशासनले कारवाही नगरेको भन्दै उनले ग्रीलमै वेल्डिँग गरिदिएका छन् ।
ताला लगाउँदा प्रमुखले पटक पटक फुटाएर कार्यालय सँचालन गरेको भन्दै उनलाई कारवाही नभएसम्म ग्रीलमा वेल्डिँग गराएर राख्ने बताए ।
.jpeg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…