घाँस ल्याउन गएकी महिला बलात्कृत, आरोपित पुरुष फरार
पिडित महिलाका परिवारले ईलाका प्रहरी कार्यालयमा घटनाको सम्बन्धमा उजुरी दिएपछि सो घटना वाहिरिएको हो । घटनापश्चात आरोपित यादव फरार रहेकोले उनको खोजविन भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।

२०८० पुस ११ बुधबार, बेलुकी ६:३६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । गाई गोरुको लागि घाँसपात ल्याउन गएकी एक महिला बलात्कृत भएको घटना बाहिरिएको छ ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकास्थित गौशालास्थित घाँसपात ल्याउन गएकी एक महिला बलात्कृत भएको घटना बाहिरएको हो। गौशाला नगरपालिका वडा नम्बर १ रामनगर घर भएकी एक ३५ बर्षिया महिला वलात्कारको शिकार भएको घटना बाहिरिएको हो ।
ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार, गत शनिवार रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी स्थानिय ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको हो ।
पिडित महिलाका परिवारले ईलाका प्रहरी कार्यालयमा घटनाको सम्बन्धमा उजुरी दिएपछि सो घटना वाहिरिएको हो । घटनापश्चात आरोपित यादव फरार रहेकोले उनको खोजविन भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।
यता, प्रहरीले घटनाको सम्बन्धमा सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…