उपमेयर चढने सरकारी गाडीमा लगाईदियो आगो
पार्किंग गरि राखिएको गाडीमा भएको आगलगीबाट टायर लगायतका आंशिक भागमा क्षति पुगेको हो । गाडीमा लागेको आगो देखेर तत्कालै निभाएकोले थप क्षति हुनबाट जोगिएको स्थानिय हरि महतोले जानकारी दिए ।

२०८० पुस ८ आइतबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सेतो नम्बर प्लेटको सरकारी गाडीमा अज्ञात व्यक्तिले आगो लगाईदिएको छ । महोत्तरीको एक उपमेयर चढने सरकारी गाडीमा आगो लगाईदिएको हो ।
महोत्तरीको गौशाला नगरपालिकाको उपमेयर रेणु महतो चढने गाडीमा आगजनी भएको छ । गएराति रामनगरस्थित घरको परिसरमा राखिएको प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको स्कारपियोमा अज्ञात व्यक्तिले आगजनी गरिएको हो ।
पार्किंग गरि राखिएको गाडीमा भएको आगलगीबाट टायर लगायतका आंशिक भागमा क्षति पुगेको हो । गाडीमा लागेको आगो देखेर तत्कालै निभाएकोले थप क्षति हुनबाट जोगिएको स्थानिय हरि महतोले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…