अनसनमा बसेका मृतक आरती साहको परिवारलाई फरार अभियुक्त बनाउँदै पक्राउ पूर्जी जारी
पुरानो मितिमा अभद्र व्यवहारको मुद्दा चलाएर उनीहरुमाथि पक्राउ पूर्जी जारी गरेको बताईएको छ । प्रहरीले पटक पटक उनको गाउँमा उनीहरुलाई पक्राउ गर्न गएको र फेला नपरेको भन्दै फरार अभियुक्त समेत बनाएर यातना दिएको आरोप परिवारजनको छ ।

२०८० पुस ७ शनिबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरकी आरती साह मृत्यू प्रकरणमा महिनौदेखि अनसन बस्दै आएका उनको परिवारलाई प्रहरीले अभियुक्त बनाउँएको छ ।
मृतक आरती साहको न्यायको लागि महिनौदेखि अनसनमा बस्दै आएका उनका परिवारमाथि नै प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाउँदै फरार अभियुक्त करार दिएको हो । फरार अभियुक्तको सूचिमा राखेर पक्राउ पूर्जी समेत जारी गरेको हो ।
गत असार २० गतेमा तत्कालिन सिडिओ काशिराज दाहालको नामले काटिएको मुद्दा पत्रमा आरती साहका मामा सँतोष कुमार साह, उनका बुवा विनोद प्रसाद साह, उनकी आमा निर्मला साह, उनकी बहिनी मनिषा साह र उनका भाई प्रेम साहमाथि अभद्र व्यवहारको मुद्धा लगाएर पक्राउ पुर्जी जारी गरेको हो ।
केही महिना अगाडी न्यायको लागि भौँतारिदै गर्दा जिल्ला प्रहरी कार्यालय धनुषामा उनीहरुमाथि कुटपिट गरी उल्टै मुद्दा लगाएको आरोप आरतीका मामा सँतोष साहको छ । मनिषासहित स परिवारलाई धनुषा प्रहरीका तत्कालिन एसपी विश्वराज खडकाको निर्देशनमा जिल्लाभित्रै कुटपिट गरी अभद्र व्यवहारको मुद्दा लगाएको जनाईएको छ ।
पुरानो मितिमा अभद्र व्यवहारको मुद्दा चलाएर उनीहरुमाथि पक्राउ पूर्जी जारी गरेको बताईएको छ । प्रहरीले पटक पटक उनको गाउँमा उनीहरुलाई पक्राउ गर्न गएको र फेला नपरेको भन्दै फरार अभियुक्त समेत बनाएर यातना दिएको आरोप परिवारजनको छ ।
विगत कैयौँ महिनादेखि घाम,पानी, असिना, शितलहर, चिसोमा आरती साहको परिवार आरतीको न्यायको लागि काठमान्डौँमा अनसन बस्दै आएका छन् ।
ज्ञातव्य छ, हत्या आरोपमा जेलबाट छुटेका एक आरोपितको विरुद्धमा केही दिन मात्र अनसन बस्दा एक महिलाले न्याय पाएकी थिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…