धनुषामा एम्बुलेन्सले मोसालाई ठक्कर दिँदा एक युवक गम्भिर
ठक्करबाट गम्भीर घाइते पालको उपचार स्थानीय स्तरमै सम्भव नभएको बताएका छन् । उनको उपचार अहिले जनकपुरमा भईरहेको तथा बाँच्ने सम्भावना न्यून रहेको अस्पताल श्रोतले जनाएको छ । यता ठक्कर दिने एम्बुलेन्स चालक महोतरी मटिहानी १ बस्ने बिरेन्द्र मण्डल ईलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

२०८० पुस ७ शनिबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आज साँझ सवारी दुर्घटना हुँदा एक युवक गम्भिर घाईते भएका छन् ।
शनिबार (आज) साँझ करिब ५ बजेको समयमा धनुषाको सबैला नगरपालिका वडा नं. ९ सिमराढी र भठिहनकोबीचमा भएको दुर्घटनामा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।
घाइते हुनेमा सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुर बस्ने विपिन भनिने जय नारयन पाल रहेको इप्रका सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइले जानकारी दिए ।
यदुकुहाबाट बीरेन्द्रबजार तर्फ जाँदै गरेको ज १ त १७४५ नम्बर को एम्बुलेन्स बिपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
ठक्करबाट गम्भीर घाइते पालको उपचार स्थानीय स्तरमै सम्भव नभएको बताएका छन् । उनको उपचार अहिले जनकपुरमा भईरहेको तथा बाँच्ने सम्भावना न्यून रहेको अस्पताल श्रोतले जनाएको छ ।
यता ठक्कर दिने एम्बुलेन्स चालक महोतरी मटिहानी १ बस्ने बिरेन्द्र मण्डल ईलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…