जनकपुरमा हिन्दु सम्राट सेनाको ताण्डव, सन्त रामपालको किताब च्यातेर फाले, अनुवायीहरुमाथि बलजफ्ती
उनले भने, “हिजो मात्रैको घटना जनकपुरको रामानन्द चोकमा सन्त रामपाल जी महाराजका अनुयायीहरू आफ्नो गुरुदेवले दिएको ज्ञान र उहाँले लेख्नु भएका पुस्तकहरूको प्रचारप्रसार गर्दै हुनुहुन्थ्यो एक्कासि हिन्दु सम्राट् सेनाका मान्छे र अन्य केही व्याक्तीहरु अराजक शैलीमा प्रस्तुत हुन्छन् र उनीहरूले सन्त रामपाल जिका अनुयायीहरू माथि हातपात गर्छन् र कुटपिट गर्छन् उनीहरूले नीचताको चरण यति हद सम्म नाग्छन कि महिलाहरूमाथि हातपात गर्छन् किताब खोस्छन् र च्यातेर फाल्छन्। अनुयायीहरूले पुस्तकहरूमा गीता वेदका कुराहरू पनि छन् नच्यात्नुस् भन्दा हामी वेद गीता मान्दैनौँ भन्छन् यस्ता धर्मको आडमा अराजकता फैलाउने सङ्गठ

२०८० पुस २ सोमबार, बिहान ८:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा आयोजित रामजानकी विवाह महोत्सव विवाहपँचमीको अवसरमा सन्त रामपालजी महाराजको अनुवायीहरुमाथि हिन्दु सम्राट सेनाले बलजफ्ती गरेका छन् ।
आईतबार जनकपुरमा हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुले सन्त रामपालजी महाराजका अनुवायी र शुभचिन्तकहरुमाथि गालीगलौज र जबरदस्ती गरे ।
सन्त रामपालजी महाराजको किताव वितरण गरेको भन्दै हिन्दु सम्राट सेना कार्यकर्ताहरुले जनकपुरधामको विभिन्न किताब पसल अगाडी, बजार क्षेत्रबाट किताब नियन्त्रणमा लिएर च्यातिदिएका हुन् ।
हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादवको अगुवाईमा निस्केको एक टोलीले विवापँचमी मेलामा रामपालको किताव बाँडेको भन्दै उनीहरुले उनका अनुवायीहरुसँग दुरव्यवहार गरे । उनीहरुले बलपूर्वक “जय श्री राम” भन्न लगाउनुको साथै “रामपाल मुर्दावाद” भन्न लगाएको भिडियोहरु सार्वजनिक भएको हो ।
आफूलाई कट्टर हिन्दु भन्दै रामपालको शुभचिन्तक र अनुवायीहरुमाथि दुरव्यवहार गरेका हुन् । धार्मिक स्वतन्त्रता हुँदाहुँदै हिन्दु सम्राट सेनाले विवाहपँचमीमा गरेको व्यवहारको रामपालका अनुवायीहरुले आलोचना र भत्र्सना गरेको हो ।

यता, हिन्दु सम्राट सेनाले मधेस प्रदेशमा धार्मिक अराजकता फैलाउन खोजेको आरोप रामपाल सँगठनका अनुवायी ईश्वर दत्त भट्टले आरोप लगाए ।
हिन्दु सम्राट् सेना नामक धार्मिक सङ्गठन अराजकता फैलाउँदै समाजलाई बिथोल्ने र धार्मिक सद्भावना माथि खलल पुर्याउने काम गर्दै मधेस प्रदेशमा धार्मिक द्वन्द्वको अवस्था सृजना गरिरहेको बताए।
भट्टले धर्मको नाममा हिन्दु सम्राट सेनाले वीरगँजदेखि लिएरअन्य धेरै ठाउँमा लगभग महिनामा दुई तीन पटक आतङ्क मच्चाउने प्रवृति बनाएकोप्रति भत्र्सना प्रकट गरे ।
उनले भने, “हिजो मात्रैको घटना जनकपुरको रामानन्द चोकमा सन्त रामपाल जी महाराजका अनुयायीहरू आफ्नो गुरुदेवले दिएको ज्ञान र उहाँले लेख्नु भएका पुस्तकहरूको प्रचारप्रसार गर्दै हुनुहुन्थ्यो एक्कासि हिन्दु सम्राट् सेनाका मान्छे र अन्य केही व्याक्तीहरु अराजक शैलीमा प्रस्तुत हुन्छन् र उनीहरूले सन्त रामपाल जिका अनुयायीहरू माथि हातपात गर्छन् र कुटपिट गर्छन् उनीहरूले नीचताको चरण यति हद सम्म नाग्छन कि महिलाहरूमाथि हातपात गर्छन् किताब खोस्छन् र च्यातेर फाल्छन्। अनुयायीहरूले पुस्तकहरूमा गीता वेदका कुराहरू पनि छन् नच्यात्नुस् भन्दा हामी वेद गीता मान्दैनौँ भन्छन् यस्ता धर्मको आडमा अराजकता फैलाउने सङ्गठनहरूलाई जबसम्म सरकारले कानुनी दायरामा ल्याउन सक्दैन तबसम्म यिनीहरूको आतङ्क रोकिन मुस्किल छ।”
कानुनी प्रक्रियालाई नै चुनौती दिने यस्ता सङ्गठनहरूलाई सरकारले नियन्त्रणमा लिन जरुरी रहेको उनले बताए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…