मधेश आन्दोलनको घटनामा एमालेका कोईरीलाई सफाई लोसपाका साँसद शर्मासहित ७ जनालाई जन्मकैद
सोहि मुद्दामा रमेश प्रसाद साह,सतेन्द्र चौधरी भन्ने सविन्द्र चौधरी,चन्देश्वर साह मेहत्तरी,राजु चौधरी भन्ने राजा चौधरी,देवेन्द्र चौधरी,नरेश साह,रामराजा साह,गोलु साह हरिओम कुमार भगत,रविन्द्र राम चमार, रंजित साह,विकी साह,फुले यादव,रोहित कुमार शर्मा,ललवा भन्ने लालबाबु बिन,शम्भु साह,अनिल ठाकुर,देवेन्द्र यादव र कौशल कुमार यादवको हकमा मुद्दा मुलतवीमा राखेको छ । वादीको तर्फबाट कर्तव्य ज्यान मुद्दामा २८ जना विरुद्ध जाहेरी दिइएको थियो ।

२०८० मंसिर २९ शुक्रबार, बिहान ९:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश आन्दोलनको समयमा भएको एक घटना मुद्दामा मधेश आन्दोलनका अगुवाहरुलाई जन्मकैदको समाज सुनाईएको छ भने एमालेका साँसदलाई सफाई दिईएको छ ।
जिल्ला अदालत महोत्तरीले विहिबार तेस्रो मधेश आन्दोलनको समयमा आन्दोलनकारीहरुबाट मारिएका सशस्त्र प्रहरी असई थमन विकको मुद्दामा ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ भने घटनामा मुछिएका प्रतिनिधीसभा सदस्य लक्ष्मी महतोलाई सफाई दिएको छ ।
अदालतले फैसला सुनाउदै हाल पुर्पक्षमा रहेका प्रदीप साह माझी र संजय कुमार साह सहित मोहन ठाकुर,जलेश्वर नगरपालिकाका पुर्व नगरप्रमुख शंकर शाही भन्ने रामशंकर मिश्र, प्रदेश साँसद अभिराम शर्मा, लोसपा नेता सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३ (३) नं. बमोजिम कसुर गरेकोले सोहि १३ (३) बमोजिम जन्मकैदको फैसला सुनाएको छ ।
सोहि मुद्दामा सँसदबाट निलम्बित रहेका प्रत्यक्ष निर्वाचित प्रतिनिधीसभा सदस्य एमाले नेता लक्ष्मी महतो कोईरी र पुर्पक्षको लागि थुनामा रहेको पवन कापरलाई अदालतले अभियोग दावीबाट सफाई दिएको छ । जन्मकैदको सजाय तोकिएका सातजनालाई एम्बुलेन्समा आगलागी गरेको अर्को लगाउ मुद्दामा थप ६ महिना कैद र दश लाख क्षतिपुर्तिको फैसला गरिएको छ ।
उक्त क्षतिपुर्तिको रकम नेपाल सरकारलाई बुझाउनु पर्ने फैसला गरिएको श्रेस्तेदार नुतन शर्माले बताईन । जिल्ला न्यायाधिश उद्धव प्रसाद भट्टराईको एकल इजलासले सो फैसला गरेको हो । गत मंसिर २५ गते देखि ६ नं। फाँटमा भएको कर्तव्य ज्यान तथा आगजनीको छुट्टाछुट्टै मुद्दा (लगाउ मुद्दा) मुद्दा ईजलास नं. २ मा चलिरहेकोमा विहिवार फैसला आएको हो ।
सोहि मुद्दामा रमेश प्रसाद साह,सतेन्द्र चौधरी भन्ने सविन्द्र चौधरी,चन्देश्वर साह मेहत्तरी,राजु चौधरी भन्ने राजा चौधरी,देवेन्द्र चौधरी,नरेश साह,रामराजा साह,गोलु साह हरिओम कुमार भगत,रविन्द्र राम चमार, रंजित साह,विकी साह,फुले यादव,रोहित कुमार शर्मा,ललवा भन्ने लालबाबु बिन,शम्भु साह,अनिल ठाकुर,देवेन्द्र यादव र कौशल कुमार यादवको हकमा मुद्दा मुलतवीमा राखेको छ । वादीको तर्फबाट कर्तव्य ज्यान मुद्दामा २८ जना विरुद्ध जाहेरी दिइएको थियो ।
यस्तो थियो मधेश आन्दोलनको घटनाः
मधेश आन्दोलनको क्रममा २०७२ साल भाद्र २५ गते विहान जलेश्वरमा केहि व्यक्तिहरुले शसस्त्र असई थमन विकलाई कुटपिट गरि घाईते बनाएकोमा उनको उद्धार गरि जलेश्वर अस्पताल लगिएको र त्यहाबाट थप उपचारको लागि जनकपुर लग्ने क्रममा महोत्तरी गाउँपालिकाको सोनुषडा स्थित धान खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
भाद्र २३ गते नै सुरक्षाकर्मीको गालीबाट ४ जना आन्दोलनकारीको मृत्यु भए लगतै प्रसासनको तर्फबाट कर्फयु लगाइएकोमा भाद्र २५ गते बिहान दुई घन्टाको लागि कफर््यु खोलिएपछि सो घटना भएको थियो । यि दुई घटना सेलाउन नपाउदै पहिलो दिन सुरक्षाकर्मीको गोलीबाट मारिएका रोहन चौधरीका हजुरबुवा गणेश चौधरी र एक महिला आन्दोलनकारीलाई समेत सुरक्षाकर्मीबाट गोली हानिएको थियो । मृतक असई थमन विक कि श्रीमति शोभा गहतराजको तर्फबाट थमन विकका दाजु प्रेम विकको जाहेरीले नेपाल सरकारका तर्फबाट मुद्दा दायर गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…