धनुषयज्ञः जनकपुरमा आज भगवान रामले शिवधनुष भाँच्ने
धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि साधारण मनुष्यको अवतारमा आएका भगवान विष्णुको राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेपछि रामसीताको विवाहभएको किम्बदन्ती छ । धनुषयज्ञको प्रतिकात्मक लीला अति रोमाञ्चित हुन्छ ।

२०८० मंसिर २८ बिहीबार, बिहान १०:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेस्रो दिन आज विहिबार भगवान रामले शिवधनुष भाँच्ने भएको छ ।
सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शनले विधिवत रुपमा प्रारम्भ भएको थियो । बुधबार फूलबारी लीला विवाहमण्डपको बगैँचा फूलबारीमा सम्पन्न भएको छ । बुधबार धनुषयज्ञमा रामसीताको धनुषलिला प्रतिकात्म रुपमा देखाइने छ ।
त्रेतायुगमा भगवान श्री राम एवम् जगत जननी माता सीताको स्वयम्वर भएको दिनलाई प्रतिकात्मक बनाई प्रत्येक वर्ष जनकपुरधाममा धनुषयज्ञ गरिदै आएको छ । धनुषयज्ञ भने बाह्रविघा रंगभूमि मैदानमा हुने जानकी मन्दिरका छोटा महन्त रामरोशन दास वैष्णवले न्यूज ब्यूरोसँग भने ।
धनुषयज्ञको लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै अपरान्ह करिब ४ बजेदेखि नै धनुषयज्ञको कार्यक्रम सुरु गरिने जनाइएको छ ।
आज दिउँसो देखि सुरु हुने धनुष यज्ञमा मोटो सँख्यामा श्रद्धालुहरु सहभागी हुने छ ।
धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि साधारण मनुष्यको अवतारमा आएका भगवान विष्णुको राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेपछि रामसीताको विवाहभएको किम्बदन्ती छ । धनुषयज्ञको प्रतिकात्मक लीला अति रोमाञ्चित हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…