मेला लगाउने बिषयमा गाउँमै दुई पक्षबीच झडप, ८ राउण्ड गोली फायर
घाइते हुनेमा पचरौता वडा नम्बर ७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल रहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

२०८० मंसिर ५ मंगलबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । मेला लगाउने विषयलाई लिएर एउटै गाउँमा दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ ।
मधेश प्रदेशस्थित बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीमा मेला लगाउने विषयमा दुई पक्षबीच झडप भएको हो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली फायर गरेको छ । बेनौलीमा झण्डा मेला लगाउने विषयमा सोमबार राती गाउँका दुई पक्ष बीच विवाद भएको थियो ।
विवादले उग्ररुप लिएपछि ढुंगामुढा हानाहान तथा झडपसमेत भएको थियो । झडपलाई सामान्य बनाउन गएराती करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाई फायर गरी भीडलाई तितरबितर बनाइए पनि ११ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाई फायर गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
अहिले स्थिति सामान्य रहेको उनले बताए । झडपमा ढुङ्गा हानाहान हुँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा पचरौता वडा नम्बर ७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल रहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…