मेला लगाउने बिषयमा गाउँमै दुई पक्षबीच झडप, ८ राउण्ड गोली फायर 

२०८० मङ्सिर ५ मंगलबार
बेलुकी ६:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । मेला लगाउने विषयलाई लिएर एउटै गाउँमा दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ । 

मधेश प्रदेशस्थित बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीमा मेला लगाउने विषयमा दुई पक्षबीच झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली फायर गरेको छ । बेनौलीमा झण्डा मेला लगाउने विषयमा सोमबार राती गाउँका दुई पक्ष बीच विवाद भएको थियो ।

विवादले उग्ररुप लिएपछि ढुंगामुढा हानाहान तथा झडपसमेत भएको थियो । झडपलाई सामान्य बनाउन गएराती करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाई फायर गरी भीडलाई तितरबितर बनाइए पनि ११ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाई फायर गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । 

अहिले स्थिति सामान्य रहेको उनले बताए । झडपमा ढुङ्गा हानाहान हुँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा पचरौता वडा नम्बर ७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल रहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

  • 4%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८० मङ्सिर ५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus