नेपालमा TikTok बन्द गरेपछि सर्वोच्च अदालतमा रिटको ओईरो
रिट निवेदन दिनेमा अधिवक्ताहरु दिनेश त्रिपाठी स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत छन् । उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको भन्दै उल्टाउन माग गरेका छन् । यसैबीच सर्वोच्चले टिकटक प्रतिवन्धविरुद्ध परेका रिटमा पहिलो पेसी मंसिर ४ गतेलाई तोकेको छ । भोली शनिबार र पर्सी छटको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

२०८० मंसिर १ शुक्रबार, बेलुकी ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनको ओइरो लागेको छ । तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन आधा दर्जनजति रिट दर्ता भएका छन् ।
रिट निवेदन दिनेमा अधिवक्ताहरु दिनेश त्रिपाठी स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत छन् । उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको भन्दै उल्टाउन माग गरेका छन् ।
यसैबीच सर्वोच्चले टिकटक प्रतिवन्धविरुद्ध परेका रिटमा पहिलो पेसी मंसिर ४ गतेलाई तोकेको छ । भोली शनिबार र पर्सी छटको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…