न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित निर्माण हुने भनिएको रामजानकी स्टेडियमको टेण्डर मँसिर महिनाभित्रै हुने बताईएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मँसिर महिनाभित्रै प्रदेशको योजनाहरु सँचालन गरी राजधानीसमेत रहेको धार्मिक एवं सांस्कृतिक नगरी जनकपुरधामको ऐतिहासिक बारहबिघा मैदान र रामजानकी स्टेडियमको काम तत्काल अगाडि बढाइने बताए ।
मंसिरमै टेण्डर गरी शिलान्यास गरिने तयारी भएको जनाउँदै मुख्यमन्त्री यादवले बारहबिघा सौन्दर्यकरणका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा नै २० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर त्यो काम हुन नसकेको बताए ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले नै टेण्डर गरी सौन्दर्यकरणको काम गर्ने मुख्यमन्त्री यादवले बताए । बारहबिघाको सौन्दर्यकरणका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । डीपीआर अनुसारको टेण्डर प्रकाशित भएपछि मात्र शिलान्यासको कार्य हुने उनले बताए ।
धार्मिक ग्रन्थहरुमा उल्लेख गरिए अनुसार सीता स्वयम्बर बारहबिघा (रंगभूमि) मैदानमा भएको थियो । रंगभूमि मैदानमा हरेक वर्ष विवाहपञ्चमी उत्सवको दिन स्वयम्बरको आयोजना गरिन्छ ।
रंगभूमि ठूलो क्षेत्रफल भएको मैदान रहे पनि पछि १२ बिघा क्षेत्रफल भएको अनुमान गर्दै त्यसको नाम नै बारहबिघा हुन गएको बताइन्छ । त्यसैगरि रामजानकी स्टेडियमको काम पनि चालु आर्थिक वर्षमा नै अगाडि बढाइने सरकारको तयारी छ । भारत सरकारले उपलब्ध गराएको १ अर्ब भारतीय रुपैयाँ पनि स्टेडियममा लगानी गर्न नेपालस्थित भारतीय दूतावासले सहमति दिइसकेको बताइएको छ । चालु आर्थिक वर्षमा नै मधेश प्रदेश सभाको भवन र प्रदेश सरकारको प्रशासनिक भवन (सचिवालय) को निर्माण पनि थालिने छ ।
प्रदेश सरकारको सचिवालयका लागि गुठी संस्थान मातहतको जनकपुरधामको पुलचोक नजिक रहेको (गढी) जग्गालाई छनोट गरिएको छ । प्रदेश सभाको भवन हालको प्रदेश सभा रहेको परिसर अथवा त्यससँगै रहेको गुठी संस्थानको जग्गामा निर्माण गरिने बताइएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएसँगै सरकारले स्थायी संरचना निर्माणमा जोड दिएको छ ।
जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ
- २०८० मङ्सिर १ शुक्रबार
सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ । हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने
पूरा पढ्नुहोस्