जनकपुरः नामुद डकैत शक्ति कपुर र प्रहरीबीच दोहोरो भिडन्त, गोली हानेर दुई कुख्यात डकैत पक्राउ 

२०८० कार्तिक २९ बुधबार
बिहान ०८:३७ बजे
न्यूज ब्यूरो, डेस्क
तस्विरः रँजन भण्डारी माली/महोत्तरी

न्यूज ब्यूरो, जनकपुरधाम । गएराती प्रहरी र डकैतबीच दोहोरो भिडन्त भएको छ । विभिन्न स्थानमा डाँका डालेका कुख्यात डकैत र प्रहरीबीच गोली हानाहान भएको हो । 

कुख्या डकैतमा शक्ति कपुर भनिने शक्ति पासवान र अजय भन्ने रितेश पासवानलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरी ल्याउँदै गर्दा दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई रौतहटको गरुडाबाट पक्राउ गरी ल्याउँदै गर्दा महोत्तरीको सोनमास्थित प्रहरीलाई धक्का दिएर भाग्न खोज्दा गोली चलेको हो । भागेर शक्ति कपुर र अजय पासवानले प्रहरीमाथि गोली चलाएको थियो । सो क्रममा केही प्रहरी समेत घाईते भएको महोत्तरीका एसपी प्रकाश मल्लले जानकारी दिए । 

जवाफी कारवाहीमा महोत्तरी प्रहरीले गोली चलाउँदा शक्ति पासवान र अजय पासवानलाई गोली लागेको हो । सो क्रममा शक्ति कपुर पासवानलाई घुँडा र थाईमा दुई गोली लागेको छ भने अजयलाई खुट्टामा गोली लागेको हो । 

उनीहरुलाई नियन्त्रणमा लिनको लागि महोत्तरी प्रहरीले १० राउण्ड गोली चलाएको थियो । जसमध्ये शक्तिलाई दुई गोली र अजयलाई एक गोली लागेको हो । शक्ति कपुर पासवानले महोत्तरी, धनुषा, रौतहटमा भर्खरै डकैती गरेका थिए । उनीमाथि ११ वटा खुन डाँका मुद्दा चलिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, शक्ति कपुर पासवान र अजय पासवानले यसअघि महोत्तरीको डामीमा भएको भिषण डकैती, धनुषाको बटेश्वरमा भएको डकैती, रौतहट जिल्लाको चन्द्रपुर (चपुर) मा भएको डकैतीमा भर्खरै सँलग्न थिए । विभिन्न जिल्लाको प्रहरीको समन्वयले दुवै जनालाई महोत्तरी प्रहरीले पक्राउ गर्न सफल भएको थियो । 

सो क्रममा प्रहरी सहायक हबल्दार संजय जयसवाल र प्रहरी जवान श्याम गिरि समेत घाईते भएका हुन् । डकैत र प्रहरीको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भईरहेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'म जाति हेरेर होइन, कलाकारसँग बिहे गरेको छुः कलकत्तिया बाली 

  • २०८० कार्तिक २९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालमा चर्चामा रहँदै आएका धनुषाका अविनाश झा उर्फ कलकतियावालीले बिहे गरेका छन् । महिलाको अभिनय गर्दै आएका अभिनास झाको कलाकारिता प्रायः सबैलाई मन पराएको कला

पूरा पढ्नुहोस्

Bureau Menus