नेपालमा TikTok बन्द गर्ने सरकारको निर्णय, टिकटोकियाको करियर चौपट्ट
टिकटोकमा दिनभरि लाईभ बसेर बिदेशी ठग्ने युवायुवतिहरुको टिकटोकिया करियर समेत चौपट्ट हुने भएको छ । टिकटकमा अनैतिक क्रियाकलाप, यौनाँग प्रदर्शन गरी डलर कमाउँदै आएका प्रयोगकर्तालाई ठुलो झटका लागेको छ । यद्यपी, टिकटक बन्दको निर्णय कार्यन्वयमा शँका समेत व्यक्त समाजिक सँजालमा गरिएको छ ।

२०८० कार्तिक २७ सोमबार, दिउँसो २:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित चिनियाँ एप टिकटक नेपालमा बन्द गर्ने निर्णय गरिएको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।
मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।
‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’
यसअघि शिक्षाको स्तर झन खुस्दिै गएपछि छिमेकी मुलुक भारतले समेत टिकटकमा प्रतिबन्ध लगाएको हो । भारतसँगै अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशले पनि टिकटक बन्द गरेका छन् ।
अस्ट्रेलिया, बेल्जियम र क्यानडाले पनि सबै सरकारी मोबाइल डिभाइसमा टिकटक चलाउन रोक लगाएका छन् ।
टिकटोकमा दिनभरि लाईभ बसेर बिदेशी ठग्ने युवायुवतिहरुको टिकटोकिया करियर समेत चौपट्ट हुने भएको छ । टिकटकमा अनैतिक क्रियाकलाप, यौनाँग प्रदर्शन गरी डलर कमाउँदै आएका प्रयोगकर्तालाई ठुलो झटका लागेको छ । यद्यपी, टिकटक बन्दको निर्णय कार्यन्वयमा शँका समेत व्यक्त समाजिक सँजालमा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…