दिपावलीमा पटाखा फोडे कारवाही हुन्छः धनुषा प्रशासन
धनुषा प्रशासनले तिहारको नाममा पटाख पडकाउने, आतिशवाजी गर्ने, जुवातास खेल्ने, प्रज्वलनशिल पदार्थहरु फुटाउनेलाई कारवाही गरिने जनाएको छ । सूचनामा देउसी भैलो समेत राती १० बजेसम्म मात्र खेल्न भनिएको हो ।

२०८० कार्तिक २१ मंगलबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको उल्लासको पर्व दिपावली (तिहार) मा पटाखा नजलाउन प्रशासनले चेतावनी दिएको छ ।
जिल्ला प्रशसान कार्यालय धनुषाले मँगलबार एक सूचना जारी गर्दै तिहारको नाममा पटाखा नजलाउन भनेको हो । हिन्दु धर्मावलम्बीहरुको उल्लासको पर्व मानिने तिहारमा विगतझैँ खुसियालीमा पटाखा जलाउँदै आएको छ ।
धनुषा प्रशासनले तिहारको नाममा पटाख पडकाउने, आतिशवाजी गर्ने, जुवातास खेल्ने, प्रज्वलनशिल पदार्थहरु फुटाउनेलाई कारवाही गरिने जनाएको छ । सूचनामा देउसी भैलो समेत राती १० बजेसम्म मात्र खेल्न भनिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…