धनुषाका प्रहरी एसपी खड्का हेडक्वाटर तानिए
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले आरतीका श्रीमान र ससुरालाई पक्राउ पनि गरे । अहिले दुबैलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

२०८० कार्तिक २१ मंगलबार, बिहान १०:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
प्रहरी प्रधान कार्यालयले उनलाई अपराध अनुसन्धान विभागमा काजसरुवा गरेको छ । आरती साहको रहस्यमय मृत्युका बारेमा धनुषाका प्रहरी प्रमुख खड्काको भूमिकाका बारेमा धेरै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो ।
जनकपुरकी आरती साहको हत्या घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगर्दा एसपी खड्का मात्र होइन सिंगो प्रहरीको आलोचना भएको छ । साहका परिवार पाँच महिनादेखि काठमाडौंको माइतीघरमा धर्नामा बस्दै आएका छन् । एसपी खड्का र धनुषाकै तत्कालिन डिएसपी वेदप्रकाश गौतमलाई कारबाहीको माग राख्दै उनीहरु धर्नामा बसेका हुन् ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ थापाचोककी २२ वर्षीया आरती साहको २०७९ जेठ ७ गते रहस्यमय मृत्यु भएको थियो । आरतीको हत्या भएको र न्याय पाउने आश नदेखेपछि उनका माइती पक्ष काठमाडौंमै आएर अनसन छन् । जनकपुरमा न्याय पाउने आश आशा मरेपछि २०७९ असार १ गतेदेखि आन्दोलनमा छन् । आरतीकी आमा निर्मलादेवी, भाइ धिरज, बहिनी मनिषा र ठूलीआमा रञ्जनादेवी काठमाडौंमा दबाबह दिनका लागि आएका थिए । तर आन्दोलन गर्दा उल्टै दमन भएपछि अनसन बसेका छन् ।
आरतीको हत्यामा उनकै श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन साहको संलग्नता रहेको भन्दै उनीहरुविरुद्ध माइत पक्षले ज्यानसम्बन्धी प्रहरीमा जाहेरी दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले आरतीका श्रीमान र ससुरालाई पक्राउ पनि गरे । अहिले दुवै जना रिहा भएका छन् । उनीहरु रिहा भएपछि आरती साहको परिवारले धर्ना थालेको हो ।
हालै एक बिवादमा जनमत पार्टीका कार्यकर्तालाई अनावश्यक दुःख दिएका कारण पनि उनलाई काजमा तानिएको प्रहरी स्रोतले बताएको छ ।
धनुषाका एसपी खड्का आर्थिक मामिलामा पनि निकै विवादमा परे । उनी २०७९ पुस ११ मा जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएका थिए ।
खड्का तानिए पनि नयाँ एसपी भने प्रहरी प्रधान कार्यालयले खटाएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…