धर्नामा बसेका आरती साहको परिवारलाई पाँच महिनापछि गृहमन्त्रालयले बोलायो
जनकपुरकी आरती साहलाई हत्या गरेको भन्दै दोषीलाई कारवाहीको माग गर्दै विगत पाँच महिनादेखि आरतीकी बहिनी, बुवा र आमा धर्नामा बस्दै आएकी हुन् । गृहमन्त्रालयले पत्राचार गर्दा न्याय पाउने आसा पलाएको हो ।

२०८० कार्तिक २० सोमबार, राति ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत पाँच महिनादेखि धर्नामा बसेका मृतक आरती साहको परिवारलाई गृहमन्त्रालयले छलफलको लागि बोलाएको छ ।
सोमबार गृहमन्त्रालयले धर्नामा बसेका पीडित परिवारलाई पत्राचार गर्दै यथाशिघ्र छलफलको लागि बोलाएको हो । आरती साह मृत्यू प्रकरणमा अनुसन्धानको लागि गृह मन्त्रालयले यसअघि पनि काम गरेको भन्दै पुनः छलफलको लागि बोलाएको हो ।
मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले आरती साहको हत्या भएको विषयमा छानबिनकै लागि विगत पाँच महिनादेखि माईतीघरमा धर्नामा बसेकोले छलफलमा बोलाएको जनाएको छ ।
मृतक आरती साहको बुवा विनोद प्रसाद साहलाई पत्राचार गर्दै मन्त्रालयले छलफलको लागि प्रतिनीधि पठाएर मुद्दा टुँगो लगाउन आग्रह गरेको हो ।
जनकपुरकी आरती साहलाई हत्या गरेको भन्दै दोषीलाई कारवाहीको माग गर्दै विगत पाँच महिनादेखि आरतीकी बहिनी, बुवा र आमा धर्नामा बस्दै आएकी हुन् । गृहमन्त्रालयले पत्राचार गर्दा न्याय पाउने आसा पलाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…