आज मधेश प्रदेशको विद्यालयहरु बन्द
हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसंग नेशनल प्याब्सनले माग समेत गरेको छ । न्याय दिलाउन ढिलासुस्ती भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न चेतावनी समेत दिएको छ ।

२०८० कार्तिक १४ मंगलबार, बिहान ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बारामा एक प्रिन्सीपललाई गोली हानी हत्या गरेको विरोधमा आज मधेश प्रदेशभरिका विद्यालयहरु बन्दको घोषणा गरिएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेशले प्रिन्सिपल रुपेश सर्राफको हत्याविरुद्व आज विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ती जारी गरेर सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरेका हुन् । हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।
बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । घाइते उनको केहि घण्टामै उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।
“विद्यालय जस्तो पवित्र संस्थाको संचालकको दिनदहाडै हत्या भएको घटनाले शिक्षक, विद्यार्थी, अभिभावक लगायत कुनै पनि नागरिक सुरक्षित नरहेको र प्रहरी प्रशासन निरीह रहेको प्रमाणित हुन्छ नेशनल प्याब्सन मधेश प्रदेशको ठहर छ ।
प्रिन्सिपल सर्राफको निर्मम हत्याले मधेश प्रदेशका सम्पूर्ण शिक्षा क्षेत्र नै शोकाकुल बनेको भन्दै नेशनल प्याब्सनले मृतक सर्राफप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो सम्बेदना प्रकट गरेको छ ।
हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसंग नेशनल प्याब्सनले माग समेत गरेको छ । न्याय दिलाउन ढिलासुस्ती भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न चेतावनी समेत दिएको छ ।
दुई मोटरसाइकलमा आएका चार जनाको समूहले प्रिन्सिपल सर्राफमाथि गोली चलाएका थिए । स्थानीयका अनुसार सर्राफ सडकमै ढलेपछि उनीहरु दक्षिणतर्फ अर्थात् भारततर्फ भागे ।
बारा प्रहरीले घटनामा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरिसकेको दावी गरेको छ । पहिचान गोप्य राखिएको उनीहरुलाई सिसिटिभी फुटेजमा देखिएको शंकास्पद गतिविधिको आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…