बाराको मदर्सा टोलमा दिनदहाडै एक युवकलाई गोली हानी हत्या !
मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला स्वर्णकारमाथि कलैया उपमहानगरपालिका— ६ मदर्शा टोलमा दिनदहाडै गोली प्रहार भएको हो । मोटरसाइकलमा सवार तीन जनाको समूहले स्वर्णकारमाथि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बारा प्रहरीले जनाएको छ ।

२०८० कार्तिक १३ सोमबार, दिउँसो ३:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लास्थित दिनदहाडै एक युवकमाथि गोली प्रहार गर्दा मृत्यू भएको छ ।
सोमबार (आज) दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका रूपेश स्वर्णकारको मृत्यु भएको प्रदेश प्रहरी जनकपुरले जनाएको छ ।
स्वर्णकारमाथि अज्ञात समूहले आज दिउँसो करिब १ बजे तिर गोली प्रहार गरेको थियो । उनको टाउको र छातिमा गोली लागेको थियो । स्वर्णकार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।
मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला स्वर्णकारमाथि कलैया उपमहानगरपालिका— ६ मदर्शा टोलमा दिनदहाडै गोली प्रहार भएको हो । मोटरसाइकलमा सवार तीन जनाको समूहले स्वर्णकारमाथि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बारा प्रहरीले जनाएको छ ।
उनीमाथि दुई राउन्ड गोली प्रहार भएको छ । प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालमा लगिएको छ ।
अस्पतालले स्वर्णकारको मृत्यु भएको पुष्टि गरेको हो । गोली चलाउने व्यक्तिको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…