सर्लाहीको मलँगवास्थित दुर्गा मूर्ति विर्सजनामा रुट परिवर्तनपछि समान्य झडप, अवस्था समान्य
सिडिओ धमलाका अनुसार, पहिलेदेखि चल्दै आएको रुटबाटै जानुपर्ने अडान राख्दै भीडबाट एक दुई जनाले प्रहरीमाथि ढुँगा फालिदिएपछि प्रहरीले बचाउमा लाठीचार्ज गरेको थियो । तर, अवस्था अहिले समान्य रहेको र मूर्ति विसर्जन भईरहेको उनले बताए ।

२०८० कार्तिक ८ बुधबार, दिउँसो ४:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लाको मलँगवास्थित दुर्गा मूर्ति विसर्जनको क्रममा पूर्वदेखि नै प्रयोग हुँदै आएको रुट परिवर्तन गरेको भन्दै हिन्दु समुदायका व्यक्तिहरुले विरोध जनाएको छ ।
नवरात्रीपछि दुर्गाको प्रतिमा विसर्जनको लागि पहिलेदेखि प्रयोग हुँदै आएको रुट प्रशासनले सुरक्षा दृष्टिकोणले परिवर्तन गरेपछि समान्य झडप भएको थियो । हिन्दु समुदायका व्यक्तिहरुले पूर्वदेखि नै प्रयोग हुँदै आएको रुटबाटै दुर्गाको प्रतिमा जाने अडान लिएपछि समान्य झडप भएको थियो । यद्यपी, अहिले अवस्था समान्य रहेको छ ।
प्रत्येक बर्ष मलँगवामा दुर्गाको प्रतिमालाई नगर परिक्रमा गराउँदै विसर्जन गर्दै आएकोमा यसपाली प्रशासन र स्थानीय सरकारले अनुमति नदिएपछि आक्रोस बढेको थियो । केही महिना अगाडी भएको घटनालाई मध्यनजर गर्दै कुनै अप्रिय घटना हुन नदिनको लागि प्रशासनले पूर्व तयारी गरे अनुसार रुट परिवर्तन गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।
सिडिओ धमलाका अनुसार, पहिलेदेखि चल्दै आएको रुटबाटै जानुपर्ने अडान राख्दै भीडबाट एक दुई जनाले प्रहरीमाथि ढुँगा फालिदिएपछि प्रहरीले बचाउमा लाठीचार्ज गरेको थियो । तर, अवस्था अहिले समान्य रहेको र मूर्ति विसर्जन भईरहेको उनले बताए ।
प्रशासनले रुट परिवर्तन गरिदिएपछि केही बेर मूर्ति सडकमै होल्ड गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…