धनुषाको सबैलामा युवकमाथि छुरा प्रहार
उनको ढाडको बाँया,दायाँ कुममुनिमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । धुनियाको स्थानीय अमन हेल्थ केयर सबैलामा उपचार भइरहेको छ । छुरा प्रहार गर्नेलाई पक्राउ गरि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जनाएको छ ।

२०८० कार्तिक ६ सोमबार, राति ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैलास्थित आयोजना गरिएको दुर्गा मेलामा एक युवकमाथि छुरा प्रहार गरिएको छ । मेलामा बरफ बेच्न गएका एक युवक छुरा प्रहारबाट गम्भीर घाइते भएकाछन् ।
सबैला नगरपालिका १० खरियानी निवासी २७ वर्षीय सदाम हुसेन धुनिया छुरा प्रहारबाट घाइते भएका हुन् । धुनिया दुर्गा मेला सबैलामा बरफ बेच्न आएका थिए ।
उनको ढाडको बाँया,दायाँ कुममुनिमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । धुनियाको स्थानीय अमन हेल्थ केयर सबैलामा उपचार भइरहेको छ ।
छुरा प्रहार गर्नेलाई पक्राउ गरि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…