जनकपुरः एकैरात स्कूल र पसलमा चोरी गर्ने चोर पक्राउ
सो घटनामा धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ५ पतनुकाकी एक महिलाको समेत सँलग्नता रहेको बताईएको छ । यद्यपी, यसको पुष्टि प्रहरीले गरेका छैनन् । प्रहरीले यस घटनाबारे अनुसन्धान थालेको हो ।

२०८० कार्तिक १ बुधबार, राति ८:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक स्कूल र पसलमा चोरी गर्ने युवकलाई पक्राउ गरिएको छ ।
गत शुक्रबार राती ९ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ जलादपुलस्थित रहेको न्यू लाईफ बोर्डिँग स्कूलबाट नगदसहित जिन्सी समानहरु चोरी गरेका चोरलाई विद्यालयले नै पक्राउ गरी प्रहरीलाई बुझाएको हो ।
पक्राउ पर्नेमा जनकपुरधाम उपहानगरपालिका वडा नं. १६ कपिलेश्वर बस्ने कमलेश पण्डितको छोरा धीरज पण्डित रहेको छ । पण्डितले शुक्रबार राती सो स्कूलबाट ७ लाख रुपैयाँ नगदसहित कम्प्यूटर, ल्यापटप, स्कोरपियोको साँचोसहित अन्य समाग्रीहरु चोरी गरी लगेको आरोप छ ।
विद्यालयका सँचालक नागमणि शर्माका अनुसार, धेरै खोजबिनपछि सिसिटिभी फुटेजको आधारमा उनलाई पक्राउ गर्न सफल भएको बताए । स्कूलमा चोरी गरिएको सिसिटिभी फुटेज र सोही राती कपिलेश्वर पुरानो बस स्टैण्डस्थित रहेको बेचन मण्डलको किराना पसलमा चोरी गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि उनकै साथीहरुले उनलाई पहिचान गरेको हो ।
स्थानीयहरुले नै उनको पहिचान गरेपछि उनलाई प्रहरीलाई बुझाएको हो । पण्डितले चोरी गरेको स्वीकार समेत गरेका छन् । यद्यपी, ७ लाख रुपैयाँ चोरी भएको तथ्यलाई उनले अझै स्वीकारेका छैनन् । उनले चोरी गरेका ल्यापटमा सबै डाटाहरु रहेको भन्दै दिन भनेपनि दिन मानेनन् । समानहरु बेचिसकेको बताईएको छ ।
सो घटनामा धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ५ पतनुकाकी एक महिलाको समेत सँलग्नता रहेको बताईएको छ । यद्यपी, यसको पुष्टि प्रहरीले गरेका छैनन् । प्रहरीले यस घटनाबारे अनुसन्धान थालेको हो ।
चोरी गरेको भिडियो न्यूज ब्यूरोले हालेपछि उनलाई पाठकहरुमध्ये एक जनाले पहिचान गरेपछि पक्राउ परेको बताईएको छ । यता, घटनाको बारेमा शिघ्र अनुसन्धानको लागि प्रहरीले पहल नगरेको विद्यालय सँचालक शर्माको गुनासो छ ।
७ बर्षअघि पण्डितले सोही स्कूलमा चोरी गरेका थिए । त्यसबेला उनी आफैँ सोही स्कूलमा यूकेजीमा पढदै थिए । युकेजीमा पढदा उनले प्रिन्सीपलको अलमारीबाट ५ हजार रुपैयाँ चोरी गरेको सँचालक शर्माले बताए । त्यतिबेला नै उनलाई स्कूलबाट निष्कासन गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…