इजरायलमा फँसेका नेपालीलाई ल्याउन आज राती सरकारले जहाज पठाउँदै
यसैगरी आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी भइरहेको छ । इजरायलमा रहेको नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।

२०८० असोज २४ बुधबार, बेलुकी ७:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज आज राति ११ बजे त्यसतर्फ जाने भएको छ ।
नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई ‘ट्रान्जिट’ हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।
यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने ठाउँमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएकामध्ये १० जना नेपाली विद्यार्थी मारिएका थिए ।
यसैगरी आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी भइरहेको छ । इजरायलमा रहेको नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।
दूतावासले आज बुधवार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…