इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा दीप प्रज्वलन
न्यूज ब्यूरो, काठमाडौँ। हमासले इजरायलमा गरेको विशाल आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनकुनेमा युवाहरुले दीप प्रज्वलन गरेको छ । रोवन कुसयैत यादवको आयोजनामा मंगलबार साँझ तिनकुने फिल्डमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा कोण सभा समेत आयोजना गरिएको थियो। उक

२०८० असोज २३ मंगलबार, राति ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ। हमासले इजरायलमा गरेको विशाल आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनकुनेमा युवाहरुले दीप प्रज्वलन गरेको छ । रोवन कुसयैत यादवको आयोजनामा मंगलबार साँझ तिनकुने फिल्डमा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा कोण सभा समेत आयोजना गरिएको थियो। उक्त कोण सभामा युवा नेता शिव यादव, रोवन कुसयैत यादव, प्रभास यादव र मनिष महतोले आफ्नो मन्तब्य रखेखा थिए । हमास आक्रमणमा परी अहिलेसम्म १० जना नेपाली विद्यार्थीहरू मृत्यु भइसकेको सरकारले जनाएको छ ।
प्यालेस्टाइन समर्थित विद्रोही समूह हमासले शनिबार इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो । त्यसयता प्यालेस्टाइन र इजरायलबीच फेरि युद्ध चर्किएको हो । यसबीच लेबनानस्थित विद्रोही समूह हिजबुल्लाह पनि यस युद्धमा जोडिएको छ । इजरायल नियन्त्रित सिब्बामा आइतबार हिजबुल्लाहले मोर्टार आक्रमण गरेको थियो ।
आक्रमणमा परी अहिलेसम्म १५०० सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
उक्त, आक्रमणमा ज्यान गुमाएका नेपालीका साथै इजरायलीलगायत सबैको आत्माको चिरशान्तिको कामना गरिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…