भोली देशैभरि राष्ट्रिय शोक विदा, मृतक परिवारलाई १०/१० लाख दिने घोषणा
बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

२०८० असोज २२ सोमबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भोली मँगलबार राष्ट्रिय शोक विदा दिने निर्णय गरेको छ ।
इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…