मनरासिस्वाका अधिकृत यादव मन्त्रालय तानिए
सरकारी सम्पति हिनामिना गरेको भन्दै छानबिन कमिटी गठन भएपछि मन्त्रालयले पुनः उनलाई शाखा अधिकृतको रुपमा सोही नगरपालिकामा सरुवा गरेको भन्दै मेयर पाण्डेले उनको सरुवा बदर गर्न मन्त्रालयललाई पत्राचार गरेको हो ।

२०८० असोज २२ सोमबार, बिहान १०:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रँजित कुमार यादवमाथि सरकारी सम्पति हिनामिना गरेको भन्दै छानबिन सुरु भएको छ ।
मनरा सिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेले अधिकृत यादवमाथि छानबिन सुरु भएको भन्दै पुनः सोही नगरपालिकामा सरुवा नगर्न संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेपछि उनी मन्त्रालय तानिएका छन् ।
मेयर पाण्डेले विगत ६ बर्षदेखि अधिकृत यादव सोही नगरपालिकामा कार्य गर्दा अहिलेसम्म कुनै पनि जिन्सी समानको हिसाबकिताब, बरबुझारथ नै नगरेको अवस्थामा मन्त्रालयले पुनः सोही नगरपालिकामा सरुवा गरिदिएपछि छानबिन प्रभावित हुने भन्दै मन्त्रालयलाई सरुवा रद्द गर्न निवेदन गरेपछि मन्त्रालयले उनलाई तानेको हो ।
अधिकृत यादवको दरबन्दी धनुषाको मुखियापट्टि मुसरनीया गाउँपालिकामा रहेकोमा उनी विगत ६ बर्षदेखि मनरा सिस्वामा काम गर्दै आएका थिए । तर, उनले विगत ६ बर्षको जिन्सी समानको बरबुझारथ नगरेको भन्दै महालेखा परिक्षकले समेत उनीमाथि छानबिनको आदेश दिएको बताईएको छ ।
सरकारी सम्पति हिनामिना गरेको भन्दै छानबिन कमिटी गठन भएपछि मन्त्रालयले पुनः उनलाई शाखा अधिकृतको रुपमा सोही नगरपालिकामा सरुवा गरेको भन्दै मेयर पाण्डेले उनको सरुवा बदर गर्न मन्त्रालयललाई पत्राचार गरेपछि उनी तानिएका हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…