५०० रुपैयाँ तिरेर रिहा भए धर्मगुरु श्रीनिवास आचार्य
आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीकझ सहयोगमा पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्‍याएको थियो । आचार्य श्रीनिवासलाई घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

२०८० असोज १८ बिहीबार, राति ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा विवादस्पद अभिव्यक्ति दिएका हिन्दु धर्मगुरु श्रीनिवास आचार्य ५०० रुपैयाँ जरिवाना बुझाएर रिहा भएका छन् ।
गत असोज १२ गते गौ–हत्या विरुद्ध विवादस्पद एवम् भडकाउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्यलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच सय जरिवाना तिराएर रिहा गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले श्रीनिवासलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले ५ सय दण्ड गराएर जरिवाना तिराएर रिहा गर्ने आदेश दिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा गल्ती स्वीकार गरेपछि श्रीनिवासलाई रिहा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा बुधबार मुद्दा दर्ता गरेर बिहीबार तीन दिनको म्याद थप गराएर अनुसन्धान गरेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले ५ सय जरिवानामा रिहाइ गर्ने आदेश दिएको बताए ।
आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीकझ सहयोगमा पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्याएको थियो । आचार्य श्रीनिवासलाई घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…