जितिया पर्वमा धर्मको धज्जियाँ, पर्वको नाममा अभद्रता, सभामुखसहित साँसदहरुको 'बरियाती डान्स'
सभामुख मण्डलसहित साँसदहरुको पनि चौतर्फी आलोचना भईरहेको छ । धर्म सँस्कृति बचाउनको लागि प्रदेश सरकारले कदम चाल्नुपर्नेमा केही पत्रकार, कलाकारहरुले समेत धर्मसँस्कृतिको सकेसम्म धज्जिया उडाएको हो ।

२०८० असोज १८ बिहीबार, बेलुकी ६:४२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालीमा एउटा उखान छ–“कहीँ नभएको जात्रा हाँडीगाउँमा” यसको हुबहुँ सन्दर्भ मिल्छ मधेश प्रदेश सरकारका सभामुखसँग ।
मधेश प्रदेश सरकारका प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले जितिया पर्वको नाममा धर्म सँस्कृतिको धज्जिया उडाएका छन् । सभामुख जस्तो पदमा रहेर मण्डलले हिन्दु धर्मावलम्बीहरुको आस्थाको पर्व जितिया पर्वको नाममा धर्म सँस्कृतिलाई खिल्ली उडाएका छन्् । सभामुख मण्डलले जितिया पर्वको नाममा दोहोरो अर्थको गीत, जितियामा झिझियाको गीतसहित अन्य फिल्मी गीतको नाच प्रोगाम गरेर धज्जिया उडाएका छन् ।
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बुधबार आयोजना गरेको जितिया पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा “कटुमा कटुमा सुपारी दाना, तिम्रो मायाले बाँधेर राख” जस्ता गीतमा प्रदेश साँसदहरुलाई नचाउँदै आफैँ पनि नाचे । कार्यक्रममा केही महिला कलाकारहरुलाई बोलाएर जितिया पर्वको धज्जिया उडाएको हो ।
जितिया पर्व तराई मधेश, मिथिलाञ्चलमा निराहार र कठोर आस्थाको पर्व मानिन्छि । जितिया पर्वको आफ्नै किम्बदन्ती र पहिचान छ । जितिया पर्वमा जितमुवाहनको कथा सुनाउनुपर्नेमा सभामुख मण्डलले नाच प्रोग्राम गरेर धर्म सँस्कृतिको धज्जिया उडाएको टिप्पणी गरिएको छ ।
सभामुख मण्डलले प्रदेशसभाको तर्फबाट सरकारी खर्चमा आयोजना गरेको सो कार्यक्रमको शून्य उपलब्धी भयो भने उल्टै धर्म सँस्कृतिप्रति ठाडो प्रहार गरेको समाजिक सँजालमा टिकाटिप्पणी गरिएको छ ।
सभामुखसहित साँसदहरुले जन्ती (बरियाती) डान्स गरिरहेको भिडियोम हेर्न सकिन्छ । (वर्तमान समयमा जन्ती जाँदा डिजे बजाएर अभद्र गीत, दोहोरो अर्थको गीतमा जन्तीहरु नशालु पदार्थ खाएर नृत्य गर्ने गरिन्छ ।)
सो कार्यक्रममा जसपाकी प्रदेश साँसद ललिता दास तत्मा, लोसपाबाट जसपा प्रवेश गरेकी सुरिता साह, जसपा युवा संघकी केन्द्रीय सदस्य एवम् कलाकार स्मति मिश्र लगायत एमालेका साँसदहरुको समेत उपस्थिति रहेको थियो । उनीहरुले जितिया पर्वको नाममा गैर–धार्मिक गीत, दोहोरो अर्थको गीतमा नाचगान गरेको भिडियो समेत समाजिक सँजालमा भाईरल बनेको छ ।
जनकपुरका युवा अगुवा सरोज मिश्र लेख्छन्–“जितियाक नाम पर फैशन आ जितिया पाबैनके बदनाम करय बाला काज आ बिकृति फैलाबय बाला काज बन्द करु।
खैनी चूरन खा क पर डांस करैत ककर ककर माँ जितिया करैछि ? ई कोन प्रकारक जितिया पाबैन छैक पाबैन के नाम पर बिकृति, कुसंस्कार के जन्म देनिहार आयोजक जे केउ छलीह वा छलाह अपने मनन करैथ। कि हम्मर अहाँक संस्कार आ संस्कृतिमें जितिया पाबैन अहिना खैनी चूरन खा क मनायल जाइत छल ?
छिह लज्जा बोध होबक चाही। मर्यादा में पाबैन निक लागै छै। संस्कृति आ पाबैनके फैशन स जोइड क अपना के बहुत बड़का संस्कृति रक्षक, अभियानी कहनिहार ऊपर धिक्कार अहि। कालक मुँह स केउ बाइच क अबैत अछि त कहल जाइत छैक जे माँ जितिया केने हेतै मुदा अपने सब ओकर उपहास निक स उड़ाक खुश भ रहल छी। कोनो गत्तर में कनिको लाज होय त संस्कृति, परम्परा, निष्ठा नियमक परिधि भीतर रही क जितिया अवश्य मनायब से आश करैत छी।” अर्थात, खैनी, चुना खाएर कसको आमा जितिया पर्व गर्छिन र ? भन्न खोजेका हुन् । जबकी जितिया पर्व दुई दिनसम्मको निराहार व्रत मानिन्छ । थुक समेत निल्न नपाउने कठोर व्रत मानिएको जितियामा फैशन शो गरेको बताएका छन् ।
सोही क्रममा लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ बिभा ठाकुरले “जितिया में अल्हा रूदल के नाच होईछई से हम नई जनैइ छली”– अर्थात्, जितिया पर्वमा आल्हा रुदलको नाच हुन्छ भनेर मलाई थाहै थिएन ।” लेखेकी हुन् ।
सभामुख मण्डलसहित साँसदहरुको पनि चौतर्फी आलोचना भईरहेको छ । धर्म सँस्कृति बचाउनको लागि प्रदेश सरकारले कदम चाल्नुपर्नेमा केही पत्रकार, कलाकारहरुले समेत धर्मसँस्कृतिको सकेसम्म धज्जिया उडाएको हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…