पक्राउ परेका धर्मगुरु श्रीनिवासलाई जनकपुर ल्याईदै
श्रीनिवासले धनुषामै विवादस्पद अभिव्यक्ति दिएको भन्दै सुनसरीका प्रहरी प्रवक्ता नविन कृष्ण भण्डारीले सोही ठाउँबाट अनुसन्धान प्रक्रिया अगाडी बढने बताए । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले समेत श्रीनिवासलाई धनुषा ल्याउन लागेको सन्दर्भमा खुलेर प्रष्ट गर्न मानेन् ।

२०८० असोज १७ बुधबार, बिहान १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उत्तेजित अभिव्यक्तिकै कारण पटक-पटक विवादमा तानिएका हिन्दु गुरु श्री निवासाचार्य सुनसरीबाट पक्राउ परेपछि उनलाई जनकपुर ल्याईने भएको छ ।
केही दिन अगाडी मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित धर्मगुरु श्रीनिवासले गौ हत्या विरुद्ध उत्तेजक अभिव्यक्ति दिएर धार्मिक द्वन्द्व फैलाएको अभियोगमा उनलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । सुनसरी प्रहरीका अनुसार उनलाई प्रकाशपुर स्थित आश्रमबाट नियन्त्रणमा लिइएको र बुधबार (आज) धनुषा ल्याउने भनेको हो ।
एक हप्ता अघि धनुषामा आयोजित धार्मिक सभामा उनले विवादित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति कारण जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेपछि उनलाई प्रकाशपुर स्थित आश्रमबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
यो पनि पढनुहोस्
जनकपुरमा उनले यस्तो अभिव्यक्ति दिएपछि प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार धनुषा प्रहरीले श्रीनिवासमाथि मुद्दा चलाउने भएको हो । धनुषा प्रहरीकै आग्रहमा सुनसरी प्रहरीले श्रीनिवासलाई पक्राउ गरी आज धनुषा ल्याउन लागेको हो ।
श्रीनिवासले धनुषामै विवादस्पद अभिव्यक्ति दिएको भन्दै सुनसरीका प्रहरी प्रवक्ता नविन कृष्ण भण्डारीले सोही ठाउँबाट अनुसन्धान प्रक्रिया अगाडी बढने बताए । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले समेत श्रीनिवासलाई धनुषा ल्याउन लागेको सन्दर्भमा खुलेर प्रष्ट गर्न मानेन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…