समाजिक सँजालमा धार्मिक तथा सम्प्रादायिक घृणा नफैलाउन सरकारको अपिल
सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुसम्बन्धमा खलल पुग्ने नगर्न नगराउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ साथै सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन वा व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पुर्‍याउने काम नगर्न पनि अनुरोध गरेको छ ।

२०८० असोज १६ मंगलबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपील गरेको छ ।
सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुसम्बन्धमा खलल पुग्ने नगर्न नगराउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’
साथै सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन वा व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पुर्याउने काम नगर्न पनि अनुरोध गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…