नेपालँगजमा हिन्दु–मुस्लिमबीच तनाव बढेपछि अनिश्चितकालिन कर्फ्यू
आज मँगलबार हिन्दु समुदायले प्रदर्शन गर्न थालेपछि दुई समुदायबीच हुन सक्ने तनावग्रस्त अवस्थालाई कन्ट्रोल गर्न प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको हो ।

२०८० असोज १६ मंगलबार, दिउँसो २:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपालगँज । नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जनाकारी दिए ।
ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्यालीमा ढुंगामुडा प्रहार भएपछि कर्फ्यु जारी भएको हो ।
केही दिन अगाडी गाई काटेको विरोधमा हिन्दु समुदायका एक युवकले फेसबुकमा स्टेटस लेखिदिएपछि मुस्लिम समुदायले नेपालगँजमा प्रदर्शन गरेको थियो ।
आज मँगलबार हिन्दु समुदायले प्रदर्शन गर्न थालेपछि दुई समुदायबीच हुन सक्ने तनावग्रस्त अवस्थालाई कन्ट्रोल गर्न प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…