सिरहा सशस्त्र प्रहरीका एसपी र डिएसपीपछि प्रहरीका २ इन्चार्जसहित २८ प्रहरी तानिए
यसै प्रकरणमा शनिबारै सशस्त्र प्रहरीका सिरहा प्रमुख एसपी प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट माडरका प्रमुख डीएसपी रामहरी खतिवडा सशस्त्र प्रहरीको प्रदेश कार्यालय तानिएका थिए ।

२०८० असोज १६ मंगलबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा सीमा क्षेत्रका दुई प्रहरी कार्यालयका इन्चार्जसहित २८ जना प्रहरी जिल्ला तानिएका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई जिल्ला तानेको हो ।
ईलाका प्रहरी कार्यालय माडरका इन्चार्ज अमित राईसहित १९ जना र प्रहरी चौकी खिरौना इन्चार्ज दुर्गा यादवसहित ९ जना गरी दुबै कार्यालयको सेट नै जिल्ला तानिएका हुन् ।
उनीहरूलाई जिल्ला तानेर ती कार्यालयहरूमा नयाँ टिम पठाइएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए । तस्करी प्रकरणमा उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
सिरहामा पछिल्लो समय सुरक्षा निकाय र प्रशासनकै सेटिङमा तस्करी बढेको छ । यही सूचनाको आधारमा विगत तीन दिनदेखि राजस्व अनुसन्धान कार्यालय इटहरीले शनिबारदेखि अपरेसन जारी राखेको छ ।
राजस्वले शनिबारदेखि सोमबारसम्ममा जिल्लाका सुरक्षा निकायसँग सेटिङ गरेर ल्याइएका करिब सबा १ करोड बराबरको मालसामान जिल्लाका विभिन्न स्थानबाट बरामद गरिसकेको छ ।
यसै प्रकरणमा शनिबारै सशस्त्र प्रहरीका सिरहा प्रमुख एसपी प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट माडरका प्रमुख डीएसपी रामहरी खतिवडा सशस्त्र प्रहरीको प्रदेश कार्यालय तानिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…