नक्कली कागजात पेश गरी नेपाली कामदार पठाउने यी १४ वटा मेनपावर निलम्बनमा
निलम्बित हुने म्यानपावरहरूमा गुड लाइफ इन्टरनेसनल इम्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डी।एन इन्टरनेसनल नेपाल ओभरसिज इम्प्लोइमेन्ट एजेन्सी, रोयल ओभरसिज नेपाल, जब्स ग्लोबल डट कम इप्लोइमेन्ट सर्भिस, लायन इन्टरनेसनल नेपाल, भण्डारी ओभरसिज, वल्ड फेभर ओभरसिज, नाप इन्टरनेसनल, मञ्जु श्री ओभरसिज सर्भिस, ए।एन।एस। एसोसियटस, क्यापिटल इन्टरनेसनल म्यानपावर, ग्रान्ड सुइट जब्स र ओक्सन इन्टरनेशनल परेका छन् ।

२०८० असोज १५ सोमबार, राति ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कामदार विदेश पठाउन नक्कली कागजात पेश गरेको आरोपमा १४ वटा मेनपावर निलम्नबनमा परेको छ ।
नक्कली कागजातहरु पेश गरी श्रम स्वीकृति लिई जापानमा प्रशिक्षार्थी कामदार पठाउने १४ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सोमबार निलम्बन गरेको हो ।
विभागका सूचना अधिकारी कविराज उप्रेतिले सोमबार एक प्रेस विज्ञिप्त जारी गर्दै तालिमको शंकास्पद प्रमाणपत्रमाथि भएको प्रारम्भिक अनुसन्धानबाट संलग्नता देखिएको भन्दै १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीको लागि इजाजतपत्र प्राप्त केही संस्थाहरूले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको उजुरीको आधारमा छानबिन गर्दै जाँदा १४ वटा मेनपावर फन्दामा परेको जनाईएको छ ।
निलम्बित हुने म्यानपावरहरूमा गुड लाइफ इन्टरनेसनल इम्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डी।एन इन्टरनेसनल नेपाल ओभरसिज इम्प्लोइमेन्ट एजेन्सी, रोयल ओभरसिज नेपाल, जब्स ग्लोबल डट कम इप्लोइमेन्ट सर्भिस, लायन इन्टरनेसनल नेपाल, भण्डारी ओभरसिज, वल्ड फेभर ओभरसिज, नाप इन्टरनेसनल, मञ्जु श्री ओभरसिज सर्भिस, ए।एन।एस। एसोसियटस, क्यापिटल इन्टरनेसनल म्यानपावर, ग्रान्ड सुइट जब्स र ओक्सन इन्टरनेशनल परेका छन् ।
जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत प्राविधिक प्रशिक्षार्थी कामदार पठाउन १४२ वटा म्यानापावर कम्पनीले अनुमति पाएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…