१० दिनपछि सर्लाहीको मलँगवामा लगाईएको कर्फ्यू हटयो, गृहमन्त्रीले सदभाव रैली निकाल्ने
सर्वपक्षीय निर्णयमा सद्भाव भड्काउने र ढुंगामुढा गरी क्षति पु¥याउनेको पहिचान गरी कानुनी दायरामा समेत ल्याउने निर्णय भएको उनले जनाएका छन् ।

२०८० असोज १५ सोमबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । धार्मिक द्वन्द्वका कारण सर्लाहीको सदरमुकाम मलंगवामा केही दिनदेखि लगाइएको कर्फ्यु आइतबारदेखि पूर्णरुपमा हटेको छ ।
भगवान गणेशको मूर्ति विर्सजनको क्रममा मलंगवा नगरमा दुई समुदायबीच झडप भएको थियो । स्थिति बिग्रेपछि जिल्ला प्रशासन कार्यालय मलंगवाले कफ्र्यु जारी गरेको थियो ।
असोज ४ गते राति भएको घटनापछि तनावग्रस्त बनेको मलंगवामा क्रमिक रुपमा स्थिति सुधार भएपछि कफ्र्यु हटाइएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । सदरमुकाम मलंगवामा दुई समुदायबीचको तनावको स्थिति सहज बनेको भन्दै जिल्ला सुरक्षा समितिले पूर्ण रुपमा कर्फ्यु खुल्ला गर्ने निर्णय आइतबार गरेको हो ।
स्थिति केही सामान्य बनेपछि गत बिहिबार बिहानदेखि बेलुकासम्म कर्फ्यु खुल्ला गरिए पनि राति कर्फ्युले निरन्तरता पाएकोमा आइतबारबाट पूर्णरुपमा खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जनाएका छन् ।
दुई समुदायबीच मलंगवामा यस अघि पनि झडप हुने गरेको थियो । जिल्लामा रहेका सबै राजनीतिक दल र अधिकारकर्मीहरुले सामाजिक सद्भाव कायम गर्न निरन्तर पहल गर्दै आएका छन् । तर विभिन्न चाड पर्वको बेला सद्भाव खल्बलिने गरेको छ । सामाजिक सद्भावलाई बलियो बनाउन मलंगवामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतको सहभागितामा आगामी बिहीबार सद्भाव र्याली निकालिने सर्वपक्षीय निर्णय भएको प्रजिअ यादवले बताए ।
सर्वपक्षीय निर्णयमा सद्भाव भड्काउने र ढुंगामुढा गरी क्षति पु¥याउनेको पहिचान गरी कानुनी दायरामा समेत ल्याउने निर्णय भएको उनले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…