पर्सी शुक्रबार जनकपुरमा गौहत्या विरुद्ध विशाल रयाली निकालिने, जानकी मन्दिरमा भेला हुन नदिने
प्रशासनले हालको शान्ती सुरक्षा र विषम परिस्थितिलाई मध्यनजर गर्दै जनकपुरधामको परिक्रमा गरी रँगभूमि बाह्रविघा मैदानमा गएर कार्यक्रम समापनको लागि अनुमति दिएको हो । सो को लागि मोटो सँख्यामा सुरक्षाकर्मी समेत खटाइने भएको छ ।

२०८० असोज १० बुधबार, बेलुकी ५:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व हिन्दु परिषदले नेपालको विभिन्न ठाउँमा भईरहेको गौ हत्या विरुद्धमा विशाल रयाली निकाल्ने भएको छ ।
नेपालको राष्ट्रिय जनावर गाई तथा गौहत्या विरुद्धमा जनकपुरधामको परिक्रममा गर्ने गरी रयाली निकाल्न स्थानीय प्रशासनलाई विश्व हिन्दु परिषदले गरेको आग्रहलाई स्वीकार गर्दै रयालीको लागि अनुमति प्रदान गरेको हो ।
प्रशासनले हालको शान्ती सुरक्षा र विषम परिस्थितिलाई मध्यनजर गर्दै जनकपुरधामको परिक्रमा गरी रँगभूमि बाह्रविघा मैदानमा गएर कार्यक्रम समापनको लागि अनुमति दिएको हो । सो को लागि मोटो सँख्यामा सुरक्षाकर्मी समेत खटाइने भएको छ ।
विगत केही दिनदेखि नेपालमा धार्मिक द्धन्द्ध चर्काउन राजनीतिक खेल भन्दै सम्प्रादायिक झगडा गराउन विभिन्न प्रँपचहरु रचिदै आएको छ ।
यद्यपी, प्रशासनले जानकी मन्दिरमा भेला भने नहुन आदेश दिएको छ । गत बर्षको फागुन १८ गते तत्कालिन सिडिओ काशिराज दाहालले जानकी मन्दिरमा मन्दिरको धार्मिक कार्यक्रम बाहेक अन्य कुनै पनि कार्यक्रम, भेला हुन नपाउने निर्णय सर्वसहमतिले गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…