मधेश प्रदेशः बारामा दुई दिनमा दुई जनाको हत्या
पिपरपाती गाउँ भन्दा दक्षिण बोर्डर छेउमा मृत अवस्थामा उनको शव स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । जानकारी पाउनासाथ गएको प्रहरी टोलीले शवको घटना प्रकृति मुचुल्का तयार गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया ल्याईएको थियो ।

२०८० असोज ९ मंगलबार, राति १०:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लामा दुई दिनमा दुई जनाको हत्या घटनाले तरँग भएको छ । बारामा हत्याको श्रृङखला शुरू भएको छ । एउटै नगरपालिकामा दुईदिनमा दुईजनाको हत्या भएको हो ।
सोही क्रममा मँगलबार (आज) बेलुकी बाराको पचरौता नगरपालिकाको वडा नं ६ पकडिया स्थित लक्ष्मीनिया पोखरिको डिल नजिक अज्ञात व्यतिले चलाएको गोली प्रहारबाट एक व्यतिको मृत्यु भएको छ। मृतकको पहिचान हाल सम्म नखुलेको प्रहरी चौकी बेलदारीले जनाएको छ।
यसअघि आईतवार राति पनि बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती टोलमा अमरेश सिहको हत्या भएको थियो । वहाँलाई धारिलो हतियारले प्रहार गरि हत्या गरेको बारा प्रहरीले जनाएको छ ।
पिपरपाती गाउँ भन्दा दक्षिण बोर्डर छेउमा मृत अवस्थामा उनको शव स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । जानकारी पाउनासाथ गएको प्रहरी टोलीले शवको घटना प्रकृति मुचुल्का तयार गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया ल्याईएको थियो ।
शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । दैनिक जसो हत्याका घटना हुन थालेपछि सीमावर्ती क्षेत्रमा त्रास सृजना भएको छ ।
बाराको सिम्रौनगढ र पचरौताको सीमावर्ती क्षेत्र तथा भारततर्फ पनि हत्याका घटनाहरू बढ्न थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…