सर्लाहीमा मूर्ति विसर्जनको क्रममा युवकमाथि छुरा प्रहार गरेको आरोपमा दुई जना पक्राउ
यद्यपी, सो घटनामा छुरा प्रहार गरेको भन्दै मोहम्मद अमजद मिकरानी नामक पुरुषलाई पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीको ठाडो आदेशमा मिकरानीलाई शुक्रबार दिउँसो पक्राउ गरिएको बताईएको छ । अन्य एक जनाको नाम भने खुलाईएको छैनन् ।

२०८० असोज ५ शुक्रबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाहीमा विहिबार साँझ भएको दुई समुदायबीचको झडपको क्रममा युवकमाथि छुरा प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
सर्लाही प्रहरीले शुक्रबार छुरा प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको पुष्टि गरेको हो । सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र पँजीयार थारुले मूर्ति विसर्जनको घटनामा छुरा प्रहार गरेको आरोपमा दुई जना पक्राउ गरेको बताए ।
न्यूज ब्यूरोसँगको कुराकानीमा डिएसपी पँजीयारले दुई जना पक्राउ परेको पुष्टि गर्दै विस्तृत दिन नमिल्ने बताए । उनले कार्य व्यवस्तताको कारण बाहिरै रहेकोले सबै विस्तृत दिन नसक्ने प्रतिक्रिया दिए ।
यद्यपी, सो घटनामा छुरा प्रहार गरेको भन्दै मोहम्मद अमजद मिकरानी नामक पुरुषलाई पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीको ठाडो आदेशमा मिकरानीलाई शुक्रबार दिउँसो पक्राउ गरिएको बताईएको छ । अन्य एक जनाको नाम भने खुलाईएको छैनन् ।
बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…