संविधान जलाउने ११ युवकमाथि अभद्र व्यवहारको मुद्दा
सो क्रममा राजु महतो, आकाश महतो, श्वेता झा, चुडामणि यादव , राहुल यादव, गौतम राज शर्मा, अर्जुन साह, चन्दन साह, शिव यादव, राम रत्न सिंह र शिव यादवमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको जनाईएको छ ।

२०८० असोज ४ बिहीबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नवौँ संविधान दिवसको दिन काठमान्डौँको माईतीघर मण्डलामा संविधान जलाउने ११ जना युवकमाथि अभद्र व्यवहारको मुद्दामा म्याद थप गरिएको छ ।
असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै आएका युवकहरुले माइतीघरमा साङ्केतिक संविधान जलाएपछि उनीहरुमाथि मुद्दा चलाईएको हो । महानगरिय प्रहरी वृत अनामनगरले ११ जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको जनाईएको छ ।
वि.सं. २०७२ सालमा जारी गरिएको नेपालको संविधानको केही बुँदामा असहमतिसहित संविधान जारी राख्दा मधेशी समुदायलाई छाती र टाउकोमा गोली हानेर जबरदस्ती संविधान जारी गरेको भन्दै सो दिनलाई मधेशी समुदायका युवकहरुले कालो दिनका रुपमा मनाउँदै आएका छन् ।
२०७३ सालदेखि सरकारले संविधान दिवस मनाउँदै आएको छ भने तराई मधेशको जिल्लाहरुमा कालो दिवसको रुपमा मनाउँदै आएको छ । संविधान जारी गर्न सयौँ मधेशीको राज्यद्धारा हत्या गरिएको तथा रगतले लतपत संविधान मान्य नहुने भन्दै संविधान जलाएपछि ११ जनालाई पक्राउ गरिएको थियो । सो मध्ये दुई जनालाई रिहा गरिएको छ यद्यपी, म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।
सो क्रममा राजु महतो, आकाश महतो, श्वेता झा, चुडामणि यादव , राहुल यादव, गौतम राज शर्मा, अर्जुन साह, चन्दन साह, शिव यादव, राम रत्न सिंह र शिव यादवमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको जनाईएको छ । राहुल यादव र आकाश महतो रिहा भएका छन् । उनीहरुको परीक्षालाई हेर्दै रिहा गरिएको हो ।
सोही संविधानको विरोधमा केही बर्ष कालो दिवस मनाएको मधेश केन्द्रीय राजनीतिक दल जनता समाजवादी पार्टीले यसपाली नैतिक समर्थन गरेको देखिएको छ । लोसपाले भने कालो दिवसकै रुपमा मनाएको हो ।
यद्यपी, उनीहरुको रिहाईको लागि मधेश केन्द्रीत कुनै नेताले पहल गरेका छैनन्, युवाहरुलाई रिहाईको लागि डा. सिके राउतको पार्टी जनमत पार्टीले मात्र युवाहरु रिहाईको माग गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…