देशको राजधानीमै मधेशका युवाहरुले जलाए संविधान, १३ जना पक्राउ
रगतले लत्पतिएको संविधान आफूहरूलाई स्वीकार्य नहुने यानका अध्यक्ष राहुलराज यादवले बताए। “जुन संविधान जनताको लासमाथि चढेर जारी भयो। जसले आम जनताको अधिकार समेट्न सकेन त्यो केही खास वर्गको स्वार्थसिद्धिको दस्तावेज मात्रै हुनसक्छ,” यादवले भने, “त्यसैले आजको दिनलाई खुसियालीको रूपमा मनाउनुको कुनै औचित्य छैन। हामी विगत ८ वर्षदेखि नै कालो दिवसको रुपमा मनाउँदै आएका छौँ। जबसम्म यो संविधान सबै वर्गको अधिकार समेट्ने गरी आउँदैन तबसम्म स्वीकार्य हुँदैन।”

२०८० असोज ४ बिहीबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउने मधेशका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले देशको राजधानी काठमान्डौँमै संविधान जलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौँस्थित माइतीघरमा संविधान जलाएर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले १३ जनालाई पक्राउ गरी अनामनगर प्रहरी वृत्तमा राखिएको हो ।
सरकारले भव्यताका साथ संविधान दिवस मनाउन आह्वान गरे पनि संविधानसँग असन्तुष्टि राख्दै आएका मधेशकेन्द्रित युवाहरूले देशको संघीय राजधानी काठमाडौँमा संविधान जलाएर विरोध गरेका हुन्।
तराई मधेश राष्ट्रिय परिषद् (टीएमएनसी), युथ एसोसियसन अफ नेपाल (यान) र थरूहट–थारूवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा संविधानको विरोध गर्दै असोज ३ लाई ‘कालो दिन’को संज्ञा दिँदै संविधान जलाएको थियो ।
रगतले लत्पतिएको संविधान आफूहरूलाई स्वीकार्य नहुने यानका अध्यक्ष राहुलराज यादवले बताए। “जुन संविधान जनताको लासमाथि चढेर जारी भयो। जसले आम जनताको अधिकार समेट्न सकेन त्यो केही खास वर्गको स्वार्थसिद्धिको दस्तावेज मात्रै हुनसक्छ,” यादवले भने, “त्यसैले आजको दिनलाई खुसियालीको रूपमा मनाउनुको कुनै औचित्य छैन। हामी विगत ८ वर्षदेखि नै कालो दिवसको रुपमा मनाउँदै आएका छौँ। जबसम्म यो संविधान सबै वर्गको अधिकार समेट्ने गरी आउँदैन तबसम्म स्वीकार्य हुँदैन।”
त्यस्तै टीएमएनसीका उपाध्यक्ष आभास गुरुले संविधानले मधेशको हकअधिकार स्थापित नगरेसम्म संविधान नस्वीकार्ने बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…