आज नवौँ संविधान v/s कालो दिवस मनाइदै
संविधानको भावनाविपरीत राजनीतिक दल विभाजनका खेलतर्फ पुनःउन्मुख भएको घटनाले जनतालाई दुःखित तुल्याएको छ । लोकतन्त्र स्थापनाको ठूलो सङ्घर्ष गरी योगदान पु¥याएका राजनीतिक नेतृत्वलाई संविधान दिवसले मुलुक र जनताका पक्षमा ठिक निर्णय गर्दै अघि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।

२०८० असोज ३ बुधबार, बिहान ११:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज (बुधबार) नवौँ सविधान दिवस स्वदेश र विदेशमा विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ ।
संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित जनाएका छन् ।
जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको ख्याख्या र विश्लेषण गरिएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ ।
जनताको हितका खातिर संविधानमा मौलिक हकका रुपमा अनेकौँ प्रावधान राखिएको छ । नेपालको संविधानले मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र सुनिश्चिता गरेको छ ।
निर्वाचनका माध्यमद्वारा तीन तहका सरकार कार्यान्वयनमा गएसँगै जनताले सिंहदरबारको अधिकार घरदैलोबाटै प्राप्त गरेको अनुभूति गरिरहेका छन् ।
यता, तराई मधेशको विभिन्न जिल्लामा सँविधान दिवसकै दिन कालो दिवस मनाउने निर्णय गरिएको छ । जनकपुरधामसहित विभिन्न जिल्लामा लोसपाले कालो दिवस मनाउने निर्णय गरेको छ भने जसपा तटस्थ तथा संविधान दिवस मनाउने पक्षमा रहेको छ ।
तराई मधेशका युवाहरुले भने राजधानी काठमान्डौँमा समेत कालो दिवस मनाउने भएको छ । संविधान जारी गर्न टाउको र छातीमा गोली हानेर रगतले लतपत संविधान भन्दै कालो दिवस मनाउन लागिएको हो । संविधान जारीकै लागि सयौँ मधेशीको हत्या गरिएको भन्दै तराई मधेशमा कालो दिवस मनाउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…