नेम्वाँगको सम्मानमा सार्वजनिक विदाको घोषणा

२०८० भदौ २६ मंगलबार
बिहान ११:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले देशैभरि सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

गएराती संविधानसभा अध्यक्ष सुवास नेम्वाङको असमायिक मृत्यूपछि उनको सम्मानमा एक दिने सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारले नेम्वाँगलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान मृत्यू भएको हो । आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको हो ।

नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए । जुन दिन अन्त्येष्टि गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने उनले जानकारी दिए ।

  • 94%
  • 3%
  • 0%
  • 0%
  • 0%
  • 1%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०८० भदौ २६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus