जसपाकी प्रदेश साँसद यादवको मृत्यू 

२०८० भदौ २६ मंगलबार
बिहान १०:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेश साँसद बिन्दु कुमारी यादवको असमायिक मृत्यू भएको छ । 

जसपाकी केन्द्रीय सदस्य एवम् मधेश प्रदेशकी समानुपातिक साँसद समेत रहेकी यादवको आज बिहान ८ः१५ बजेको समयमा अस्पतालमा मृत्यू भएको जनाईएको छ । 

विगत लामो समयदेखि क्यान्सरबाट पीडित रहेकी साँसद यादवको स्वास्थ्य अवस्था बिग्रन थालेपछि उनको उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनको ४५ बर्षको उमेरमा असमायिक मृत्यू भएको हो । 

  • 33%
  • 0%
  • 11%
  • 11%
  • 33%
  • 0%

Bureau Menus