राम जानकी मन्दिरमा डोजर चलाएपछि हुलाकी राजमार्ग अवरुद्ध
राष्ट्रिय एकता अभियानका युवा अभियन्ताहरुले तिनकोरिया चोकस्थित नै टायर बालेर प्रदर्शन गरेका छन् । राष्ट्रिय एकता अभियानका मनिष हिन्दुको अगुवाईमा दर्जन बढी युवाहरु, साधुहरुले मेयर बेचन दासको विरोध जनाएको हो ।

२०८० भदौ २५ सोमबार, बेलुकी ५:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र एक मन्दिरमा डोजर चलाएपछि हुलाकी सडक अवरुद्ध गरिएको छ ।
धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ७ तिनकोरियाचोकस्थित रहेको रहेको पुरानो रामजानकी मन्दिरमा नगरपालिकाले डोजर चलाएपछि सडक अवरुद्ध गरिएको हो ।
तिनकोरियाचोकस्थित रहेको रामजानकी मन्दिरकै छेउमा उच्च माध्यमिक विद्यालय बेलापट्टिको सार्वजनिक जग्गाको खाल्डो पुर्ने क्रममा मन्दिर परिसरभित्र निर्माण गरिएको साधु बस्ने टहराको एक पिलर ढलेपछि हिन्दुवादी युवकहरुले जनकपुर–साघारा हुलाकी राजमार्गमा टायर बालेर प्रर्दशन गरेका हुन् ।

विद्यालयको जग्गामा एक सँरचना बनाएर भाडामा लगाउने योजना विदेह नगरपालिकाका मेयर बेचन दासले ल्याएका छन् । यसले विद्यालयलाई प्रत्यक्ष फाईदा पुग्ने गरी योजना ल्याएको बताईएको छ ।
बर्षौदेखि त्यहाँ रहेको खाल्डोमा माटो पुरेर भवन बनाउनको लागि डोजर चलाउँदा मन्दिर परिसरमा निर्माण गरिएको झुपडीको एक पिलर ढलेपछि मन्दिर तोडफोड गरेको भन्दै विरोध जनाएको हो ।
राष्ट्रिय एकता अभियानका युवा अभियन्ताहरुले तिनकोरिया चोकस्थित नै टायर बालेर प्रदर्शन गरेका छन् । राष्ट्रिय एकता अभियानका मनिष हिन्दुको अगुवाईमा दर्जन बढी युवाहरु, साधुहरुले मेयर बेचन दासको विरोध जनाएको हो ।
भवन निर्माणको क्रममा एक हात जग्गा त्यतिकै छाडेर टहरा बचाउनुपर्नेमा बलपूर्वक डोजर चलाएको भन्दै विरोध जनाएको हो । सो जग्गा भने विद्यालयको रहेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…