सर्लाहीको मलँगवामा स्थिति साम्य नभएपछि २७ गतेसम्म थपियो निषेधाज्ञा
मँलगवामा प्रत्येक बर्ष मूर्ति सेलाउन प्रशासनले नै तय गरेको रुटमा मूर्ति विसर्जन गर्न जाँदै गर्दा मुस्लिम समुदायका केही व्यक्तिहरुले छतबाट ढुँगामुढा, तातोपानी श्रद्धालुहरु उपर फाल्न थालेपछि दुईतर्फी झडप भएको थियो ।

२०८० भदौ २४ आइतबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, मलँगवा । मधेश प्रदेशको सर्लाही जिल्लाको सदरमुकाम मलँगवास्थित लगाईएको निषेधाज्ञा (कर्फ्यू) को अवधी थपिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदव यादवले जारी गरेको सूचनामा आज आईतबार विहान ८ बजेसम्मको लागि घोषणा गरिएको निषेज्ञाको अवधी बढाएर आउँदो २७ गतेसम्मलाई थपिएको हो ।
मलँगवामा शुक्रबार कृष्ण भगवानको प्रतिमा विसर्जनको क्रममा हिन्दु–मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । शनिबार नै जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गर्दै निषेधाज्ञा लगाएको हो ।
शनिबार साँझ ४ बजेदेखि आईतबार विहान ८ बजेसम्मको लागि मात्र जारी गरिएको निषेधाज्ञा स्थिति समान्य नहुने भएपछि प्रशासनले निषेधाज्ञा लम्ब्याएको हो । निषेधाज्ञा बुधबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।
मँलगवामा प्रत्येक बर्ष मूर्ति सेलाउन प्रशासनले नै तय गरेको रुटमा मूर्ति विसर्जन गर्न जाँदै गर्दा मुस्लिम समुदायका केही व्यक्तिहरुले छतबाट ढुँगामुढा, तातोपानी श्रद्धालुहरु उपर फाल्न थालेपछि दुईतर्फी झडप भएको थियो ।
साविक मलंगवा नगरपालिका क्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, उत्तरमा अस्थायी प्रहरी चौकी तथा बाबा पेट्रोल पम्प र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रसम्म कर्फ्यू लागु हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…