सर्लाहीको मलँगवामा कर्फ्यू !
कर्फ्यू आदेश जारी गरिएको सीमा क्षेत्र साविक मलंगवा नगरपालिका क्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, उत्तरमा अस्थायी प्रहरी चौकी तथा बाबा पेट्रोल पम्प र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रसम्म कर्फ्यू लागु हुने भएको छ ।

२०८० भदौ २३ शनिबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको मलँगवामा सम्प्रादायिक झडप हुन सक्ने भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
शुक्रबार साझ कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप र ढुंगामुढा भएपछि सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार कर्फ्यू आदेश जारी गरेको हो ।
झडप नियन्त्रण गर्न प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेका थिए। शनिबार बिहानदेखि स्थानिय केही युवाहरूले नगरको विभिन्न चौकमा टायर बालेर पर्दर्शन र केही ठाउँमा ढुंगामुढा गरेपछि अति आवश्यक पसल बाहेक अन्य पसलहरू बन्द गरेसँगै ठाउँठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएका छन्।
जिल्ला प्रसाशन कार्यालय सर्लाहीले सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नियन्त्रण गर्न हरेक उपाय अपनाउने सर्वदलीयरसर्वपक्षीय समन्वय बैठकको निर्णयनिर्णय लिइएको थियो।
प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा शनिबार दिउँसो ५ बजेबाट आइतबार बिहान ८ बजेसम्म रहने छ ।
उनका अनुसार हामीले सुरक्षा संवेदनशीलता हेरेर निषेधाज्ञा लगाएका हौं ।’
कर्फ्यू आदेश जारी गरिएको सीमा क्षेत्र साविक मलंगवा नगरपालिका क्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, उत्तरमा अस्थायी प्रहरी चौकी तथा बाबा पेट्रोल पम्प र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रसम्म कर्फ्यू लागु हुने भएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…