नेपाल–भारतबीचको क्रिक्रेट हेर्न आज जनकपुरमा २ बजेदेखि विद्यालयहरुमा छुट्टी
‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत संग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’सूचनामा उल्लेख छ ।

२०८० भदौ १८ सोमबार, बिहान ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जारी रहेको एसियाकप २०२३ मा आज नेपाल र भारतबीच हुन लागेको क्रिक्रेट म्याचलाई अवसर बनाउँदै विद्यार्थीहरुलाई छुट्टी दिने निर्णय गरिएको छ ।
आफ्नो देशका खेलाडीहरुलाई हौसला बढाउनको लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयहरुमा आज आधादिन बिदा दिएको छ ।
उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै आज २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी हुन् ।
‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत संग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’सूचनामा उल्लेख छ ।
यसअघि नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले आधा दिन विद्यालयहरुमा विदा दिएको थियो ।
एसिया कप समूह ए को अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ । खेल आज दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…