सप्तरीमा एक युवक उपर अमानवीय कुटपिट, भिडियो भाईरल
कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ भने अन्यको पनि तीव्रताका साथ खोजी कार्य भइरहेको एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार भगवानदत्तकी छोरी सिताकुमारी यादवलाई जिस्काएको विषयलाई लिएर संजितमाथि कुटपिट भएको हो ।

२०८० भदौ ९ शनिबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । मधेश प्रदेशको सप्तरी जिल्ला बोदे बरसाईन नगरपालिका–३ मधुवनमा २० वर्षीय एक युवकलाई अमानवीय तरिकाले कुटपिट गरेको घटना बाहिरिएको छ ।
गत विहिवार राति संजितकुमार यादवलाई सोही ठाउँका ३५ वर्षीय भगवानदत्त यादव, २८ वर्षीय राम दुलार यादव, २८ वर्षकै नन्दकिशोर यादव र ३४ वर्षीया अनारवती देवी यादवले अमानवीय तरिकाले कुटपिट गरेको भिडिओ समाजिक सँजालमा साँझा गरिएको छ ।
कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ भने अन्यको पनि तीव्रताका साथ खोजी कार्य भइरहेको एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार भगवानदत्तकी छोरी सिताकुमारी यादवलाई जिस्काएको विषयलाई लिएर संजितमाथि कुटपिट भएको हो ।
उता, संजित पक्षले कुटपिटमा संलग्नलाई कानूनअनुसार कारबाहीको माग गरेको छ भने कुटपिटमा संलग्नलाई उम्काउन नेताहरुले दवाव बढाएको आरोप समेत लगाएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…