आरती साह मृत्यू प्रकरणमा विशेष छानबिन समिति जनकपुरमा
पछिल्लो पटक काठमाण्डौमा आरतीका आफन्तहरू निषेधित क्षेत्रमा धर्ना दिँदा प्रहरीले पक्राउ गरेपछि आरती मृत्यु प्रकरणले अझ बढी चर्चा पाएको थियो र नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय प्रहरीको छानविन समिति बनाएको थियो ।

२०८० भदौ ८ शुक्रबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामकी आरती साह मृत्यु प्रकरणको छानविन गर्नका लागि नेपाल प्रहरीले गठन गरेको विशेष छानविन समितिको टोली जनकपुरधाम पुगेर छानबिन सुरु गरेको छ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक विकास खनालको नेतृत्वमा रहेको छानविन समितिले आरती मृत्यु प्रकरणका विषयमा सूक्षम अनुसन्धान थालेको छ ।
आरती मृत्यु प्रकरणमा छानविन गर्नका लागि बनेको छानविन समितिले मृत्यु भएको घटना स्थल, मृतकका माईती तथा ससुराली पक्षका आफन्तहरू, छिमेकीहरूसँग, ईन्सेक र आरेक नेपाल, अभियानी तथा अन्य निकायका पदाधिकारीहरू सँग जानकारी लिइरहेको छ ।
समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनाल सहितको टोली घटनाबारे चासो राख्ने अधिकारकर्मीहरु संग समेत सोधपुक्ष गरिरहेको छ । आरती साहका आमा बुबा, बहिनी तथा भाई सहितका आफन्तहरू घटनाको निष्पक्ष छानबिनको माग गर्दे काठमाण्डौको माइतीघर मण्डलामा लामो समयदेखि धर्ना दिँदै आएका छन् ।
माईती पक्षले आरतीको हत्या भएको भन्दै छानबिनको माग गर्दै आएका छन् । मृतकका ससुराली पक्षले आरती साह आफै आत्महत्या गरेको दावी गरिरहेको छ । प्रहरीले आरतीका ससुराली पक्षका ससुरा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पछिल्लो पटक काठमाण्डौमा आरतीका आफन्तहरू निषेधित क्षेत्रमा धर्ना दिँदा प्रहरीले पक्राउ गरेपछि आरती मृत्यु प्रकरणले अझ बढी चर्चा पाएको थियो र नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय प्रहरीको छानविन समिति बनाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…